४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

विशेषज्ञ भन्छन् : यसकारण काेराेना खोपले भन्दा बढी सुरक्षा मास्कले दिन्छ

डा. रोबर्ट रेडफिल्ड

अमेरिकाको प्रमुख स्वास्थ्य संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का निर्देशक डा. रोबर्ट रेडफिल्डले कोरोनाबाट बच्न खोपभन्दा मास्क नै बढी प्रभावकारी हुने दाबी गरेका छन्।

अमेरिकी संसदको एक समितिमा सासंदसमक्ष डा. रेडफिल्डले मास्क स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा शक्तिशाली औजार भएको बताउादै हरेक अमेरिकी नागरिकलाई मास्क लगाउयन अपिलसमेत गरेका हुन्।

अमेरिका त्यही देश हो, जहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले मास्कको निकै विरोध गरेका थिए। पछि भने उनी आफैंले पनि लगाउन थालेका छन्।  

मास्कप्रति राष्ट्रपति ट्रम्पको धारणाबारे सांसदले राखेको प्रश्नमा डा। रेडफिल्डले भने ‘राष्ट्रपतिका विषयमा म कुनै टिप्पणी गर्न सक्दिनँ, तर सिडिसीको निर्देशकको हैसियतले के भन्छु भने फेस मास्क जनताको स्वास्थ्यका लागि सबैभन्दा शक्तिशाली औजार हो र म हरेक अमेरिकीसँग अपिल गर्छु– मास्क लगाउनुस्।’

डा। रेडफिल्डले अमेरिकीहरुले केही हप्तासम्म मास्क लगाइरहेमा महामारीलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने बताएको सिबिएस न्युजले जनाएको छ।  

उनले अगाडि भने, ‘मास्कले सबैभन्दा बढी सुरक्षा दिन्छन् भन्ने वैज्ञानिक प्रमाण छन्। यसकारण म अझ अगाडि बढेर भन्छु– मैले कारोना खोप लगाउनुभन्दा धेरै सुरक्षा यो मास्कले दिन्छ। यसले ७० प्रतिशतसम्म सुरक्षा दिन्छ। तर मेरो शरीरमा इम्युन रेस्पोन्स भएन भने खोपले मलाई सुरक्षा दिन सक्दैन।’

सिबिएस न्युजको रिपोर्टअनुसार डा. रेडफिल्डको तर्कसँग अन्य अमेरिकी विशेषज्ञ पनि सहमत छन्।  

प्रकाशित: ४ आश्विन २०७७ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App