coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

२१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सिद्धि अस्पताल बन्द

भक्तपुरको सिद्धि स्मृति अस्पतालको सम्पूर्ण सेवा केही दिनका लागि बन्द भएको छ। अस्पतालमा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो। बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको पठाएकोमा २१ जनामा कोरोना पोजिटिभ देखिएको थियो।

अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार २१ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि आइतबारदेखि अस्पतालको सबै सेवाहरु बन्द गरेको बताए। साथै आइतबार बेलुकी नै १८ जना कोरोना पोजेटिभ रिपोर्ट आएपछि बेलुकी १० बजे नै कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई खरिपाटी आइसोलेसनमा लगिएको धौभडेलले जानकारी गराए।  

यस्तै, तीन जना स्वास्थ्यकर्मीहरु भने होम आइसोलेसनमा बसेको उनले जानकारी गराए। केही दिनपछिबाट अस्पताल पुनः सञ्चालनमा ल्याइने बताइएको छ।

प्रकाशित: ३० भाद्र २०७७ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App