१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

कोभिड अस्पताललाई राउण्ड टेवलको सहयोग

विराटनगरस्थित कोभिड अस्पताललाई स्वास्थ्य सामग्री मोरङका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै विराटनगर प्राईम राउण्ड टेवल १० का पदाधिकारीहरू । तस्बिर : विनोद/नागरिक

विराटनगर प्राइम राउण्डटेवल १०ले विराटनगरस्थित कोभिड अस्पताल र बुढीगंगा स्थित कंकालिनी गणको आइसोलेसनलाई पीपीई, डसना, इलेक्ट्रिक जगलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र कन्कालिनी गणका प्रतिनिधिलाई स्वास्थ्य सामग्री लगायतका सामानहरू हस्तान्तरण गरे। कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले मेडिकललगायतका विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको प्राइम राउण्ड टेवल १० का अध्यक्ष विकि गोयलले जानकारी दिए।  

उनका अनुसार प्राइम राउण्ड टेवल १० ले कोसी कोभिड अस्पताललाई इलेक्ट्रिक जग १० थान, वेड सिट ७० थान र पिपिइ २५ थान मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरेको हो। यस्तै शसस्त्र प्रहरी कंकालिनी गणलाई २० थान डसना पनि प्रदान गरेको छ। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको संयोजन श्याम राठी, अभिजित सिंह र अमित अग्रवालले गरेका थिए।

प्रकाशित: १९ भाद्र २०७७ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App