१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मास्क लगाउनेबारे डब्लुएचओको नयाँ सुझाव

कोरोना महामारीबाट बच्न मास्क लगाउने विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्षदेखि माथिका बालबालिकाका लागि  नयाँ निमय जारी गरेकाे छ ।  

डब्लुएचओले जुन नियम वयस्क व्यक्तिका लागि लागू गरिएका छन्, ती नियम १२ वर्षदेखि माथि उमेरका बालबालिकालाई पालना गराउन आग्रह गरेको हाे । 

शीर्ष स्वास्थ्य अधिकारीले बच्चाले भाइरस कति फैलाउँछन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भइनसकेको स्वीकार गरेको छ, तर किशोर उमेरकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउँछन् ।  

डब्लुएचओका अनुसार ५ वर्षदेखि मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन आवश्यक छैन । तर ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई भने अभिभावकले मास्क लगाउन र फुकाल्नमा सहयोग गर्न डब्लुएचओले सुझाव दिएको छ ।  

साथै डब्लुएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने तर यसभन्दा माथि उमेरका तथा रोगले ग्रस्त व्यक्तिले भने मेडिकल मास्क लगाउनुपर्ने सुझाव दिएको छ ।  स्राेत : बिबिसी

प्रकाशित: ७ भाद्र २०७७ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App