१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा तीन सय आइसोलेसन बेड थप्ने निर्णय

प्रदेश १ सरकारले तत्कालै ३ सय आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको संयोजकत्वमाप्रदेश क्राइसिस म्यानेजमेन्ट समितिको आइतबार बसेको बैठकले मोरङ र सुनसरीमातत्कालै ३ सय आइसोलेसन बेड थप गर्ने निर्णय गरेको हो ।  

प्रदेश सरकारले स्थानीय तहहरूको सहयोगमा मोरङको विराटनगर महानगरपालिका स्थित माडवाडी सेवा सदनमा ५० बेड, रंगेली स्थित जनता क्याम्पसको भवनमा १ सय बेड, सुनसरीको हरिनगरा स्थित जेनेरल अस्पतालमा ५० बेड र सुनसरीको बराहक्षेत्र स्थित कृष्णदास आश्रम चतरामा १ सय आइसोलेसन बेड राख्ने निर्माण गरेको छ । थप गरिएका आइसोलेसन केन्द्रहरूमा लक्षण नदेखिएका संक्रमितहरूलाई राखिने छ ।  

यस्तै संक्रमित बढ्दै गए झपा, मोरङ र सुनसरीमा प्रत्येक जिल्लामा एउटा निजी अस्पताल र एउटा होटलमा पनि आइसोलेसन केन्द्र सञ्चालनगर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको लकडाउन खुलेपश्चात कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना २०७७ स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित: २५ श्रावण २०७७ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App