१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

'डाक्टर' लाई प्रमाणपत्र पेश गर्न आदेश, काम थाले जेल हाल्ने चेतावनी

पोखरा, साउन १०- नक्कली डाक्टरको आरोपमा पक्राउ परेका १० जना जनही रु १८ हजार धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले मङ्गलबार उनीहरूसँग वयान लिई धरौटीमा रिहा गरेको हो।  

डाक्टर उपाधि पाएको प्रमाणपत्रसहित उपस्थित हुन प्रशासन कार्यालयले तारेख तोकेर उनीहरुलाई रिहा गरेको हो। उनीहरूले प्रयोग गर्दै आएको डाक्टरको पद पुष्टि नभएसम्म पद प्रयोग नगर्न निर्देशन दिँदै सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले डाक्टरी पद पुष्टि नभई फेरि काम थाले जेल चलान गर्ने चेतावनी दिए।

उनीहरूले सञ्चालन गर्दै आएको प्राकृतिक चिकित्सा र होमियो पोलिक्लिनिकमा भने प्रशासनले कुनै रोक नगर्ने भएको छ।

नक्कली डाक्टरको आरोपमा पक्राउ गरी रिहा हुनेहरूमा डिलाराम लामिछाने, ऋषिराज लम्साल, यामबहादुर रानाभट, केवी थापा, योगीराज कोमलानन्द, सूर्यबहादुर गुरुङ, नेत्रनाथ रेग्मी, विष्णु चापागाईं र सुनिल पौडेल छन्। रासस

प्रकाशित: १० श्रावण २०६९ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App