२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेदिक औषधिले ३३ कोरोना संक्रमित ७ दिनमै स्वस्थ

काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३३  जना ७ दिनमै निको भएको त्यहाँका चिकित्सकले दाबी गरेका छन् । गत असार २५ र २६  गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको उनीहरूको भनाइ छ ।  

अस्पतालका चिकित्सकका अनुसार उनीहरू भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिराेधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको ७ दिनपछि पिसिआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।  

आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत चिकित्सक अमितमान  जोशीले बताए । 

चिकित्सकका अनुसार भर्ना भएका दुई बालबालिका र एक गर्भवतीलाई भने औषधि दिइएको थिएन । उनीहरूको स्वास्थ्यमा कुनैै समस्या नरहेको उपचारमा संलग्न चिकित्सक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।  

अस्पतालका अनुसन्धान अधिकृत तथा चिकित्सक अमितमान जोशीका अनुसार भर्ना भएका  सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी संक्रमितलाई विभिन्न आयुर्वेदिक औषधि दिइएको हो । 

टोलीमा काया चिकित्सक, पोषणविद्, द्रव्यगुण चिकित्सक, शल्यविज्ञ लगायत मिलेर औषधि छनोट गरिएको थियो । संक्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्धा, तुलसी सुतमनीलगायत जडीबुटीका औषधि खुवाइएको उनले जानकारी दिए ।  

‘सात दिनमै रिपोर्ट नेगेटिभ आएपछि संक्रमित बस्न मानेनन्,’ आयुर्वेद चिकित्सक श्रेष्ठले भने । भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण देखिएका थिएनन् ।  

आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत चिकित्सक अमितमान  जोशीले बताए ।  ‘यो औषधिले कोरोना निको नै भयो भन्ने हाम्रो दाबी होइन, तर बिरामीलाई लाभ मिलेको देखिन्छ, यसमा अनुसन्धान गर्नेबारे छलफल क्रममा छौं,’ जोशीले भने ।  

प्रकाशित: १४ श्रावण २०७७ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App