७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘जोखिम’मा सिंहदरबारका कर्मचारी, धमाधम कोरोना परीक्षण

मंगलबार महाबौद्धमा स्वाब संकलन गरिँदै ।

सरकारले सिंहदरबारमा कार्यरत ५ सय कर्मचारीको कोरोना परिक्षण गर्न लागेको छ । त्यसका लागि बुधबार सिंहदरबार परिसरमा कर्मचारीको नमुना संकलन भइरहेको छ ।  

सिंहदरबारका कर्मचारीको दैनिक बाह्य व्यक्तिसित भेटघाट भइरहने भएकाले जोखिम समूहमा राखी कोरोना छ कि छैन भनेर उनीहरूको स्वाब परीक्षण गर्न लागिएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकराी दिए ।

‘सिंहदरबारमा दैनिक सेवाग्राहीसित कर्मचारीको सम्पर्क भइरहने भएकाले उनीहरू जोखिम समूहमा परेका हुन्,’ उनले भने ।

यसअघि मंगलबार महाबौद्धमा ३ सय जनाको नमुना संकलन गरिएकोे छ । एकै परिवारका ५ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले कन्ट्रयाक्ट ट्रेसिङका क्रममा त्यहाँका ३ सय जनाको कोरोना परीक्षण गर्न लागेको हो ।

मंगलबार महाबौद्धमा स्वाब संकलन गरिँदै ।

स्थानीय बजारमा कपडा व्यापार गर्ने पुरुषमा लक्षण देखिएपछि परीक्षणका लागि गत मंगलबार उनी शुक्रराज अस्पताल पुगेका थिए । उनीसँगै परिवारका अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।  

भारतको बिहार घर भई महाबौद्धमा कपडा पसल सञ्चालन गर्ने भएकाले उनको परिवारबाट संक्रमण धेरैमा फैलिएको आंशका गरिएको हो । त्यसैले उनीहरू सँगै घरभाडामा बस्ने र नजिकका अन्य पसलेको समेत नमुना संकलन गरिएको महाशाखा सर्भिलेन्स शाखाका धनप्रसाद पौडेलले जानकारी दिए । 

उनीहरूको बुधबार वा बिहीबारसम्ममा रिपोर्ट आउने शाखाले जनाएको छ ।  

प्रकाशित: १४ श्रावण २०७७ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App