१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संक्रमणको दर घट्दै, समुदायमा त्रास बढ्दाे

प्रदेश ५ मा क्वारेन्टिनर तथा आइसोलेसनको भिड प्रत्येक दिन घट्दै गएको छ। भिड गर्दै अएपछि पिसिआर परीक्षण गर्ने प्रयोगशालामा नमुना (स्वाब)को चाँप पनि घट्दै गएको छ। यसअघि क्वारेन्टिनमा बसेकालाई आरडिटी परीक्षण गरी घर पठाइएको थियो। पिसिआर रिपोर्ट पोजेटिभ आएकालाई पनि १४ दिन आइसोलेसनमा राखेर परीक्षण नगरी घर पठाइएको स्थानीवासीको भनाइ छ।  

प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार एक जना पुगेको छ। त्यसमध्ये सोमबारसम्म कारोना जितेर घर फकर्नेको सख्या तीन हजार दुई सय ६  जना पुगेको छ। ६ सय ६७ जना अहिले पनि विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।  

स्वास्थ्य अधिकारीहरूकाअनुसार संक्रमित मध्ये करिब ३० प्रतिशतलाई १४ दिनपछि  पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको छ। करिब ७० प्रतिशतलाई भने परीक्षण कार्यविधिअनुसार कुनै लक्षण वा स्वास्थ्य समस्या नदेखिएको भन्दै पिसिआर परीक्षण नगरी घर पठाइएको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले जानकारी दिएको छ।  

स्थानीय तहले आफैँ भिटिएम खरिद गरि स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाएका छन्। तर आफूहरू पठाएको स्वाबको परीक्षण नै नगरीदिएको पाल्पा माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले गुनासो गरे। भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरूमा संक्रमणको दर उच्च देखिएको थियो।

कोरोना नियन्त्रण तथा रोकथाममा प्रदेशले उल्लेख्य प्रगती गरेको महाशाखा प्रमुख डाक्टर उमाशंकरप्रसाद चौधरीले बताए। स्थानीय तहका जनप्रतिनिधिले भने कोरोना रोकथाम तथा उपचारमा सफलता  देखाउन परीक्षण नै बन्द गरिएको आरोप लगाएका छन्। पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष थापाले क्वारेन्टिन र आइसोलेसन रित्तिँदै गएपनि सम्भाव्य जोखिम क्षेत्र पहिचान गरी परीक्षणलाई समुदाय स्तरमा पु¥याउनु पर्ने बताए।  

आइसोलेसनमा राखिएका संक्रमितलाई अन्तिम परीक्षण नगरी घर पठाइएकाले ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ। समुदायमा रहेको त्रास हटाउन र संक्रमण निको भएर फर्केकाप्रति गरीने व्यवहार परिवर्तनकालागि पनि परीक्षण रोक्न नहुनेमा गाउँपालिका अध्यक्ष थापाको जोड छ।  

नवलपरासीको प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अञ्जु चौधरीले लकडाउन खुकुलो हुँदा जोखिम बढ्दै गएकाले परीक्षको दायरा बढाउनुपर्नेमा जोड दिएकी छन्। सीमाक्षेत्रका बस्ति उच्च जोखिममा रहेको भन्दै उनले परीक्षण नै बन्द गरेर संक्रमणको दर घटेको देखाउँदा स्थिति भयावह हुनसक्ने भएकाले परीक्षणको दर बढाउनुपर्ने बताइन्।  

प्रदेशमा पछिल्लो दिन स्वाब संकलनको दर निकै घटेको स्वास्थ्यकर्मीको भनाइ छ। अति जोखिम तथा अस्पतालको आइसोलेसनमा भर्ना भएका बिरामी र उनीहरूको सम्पर्कमा आएका व्यक्तिको मात्रै स्वाब संकलन गर्ने गरेको अधिकारीहरूको भनाइ छ। नमुना संकलन हुन छाडेपछि पिसिआर परीक्षण प्रयोगशालामा चाप घटेको छ। सोमबारसम्म प्रदेशमा दुई हजार ६ सय दुई वटा नमुना परिक्षणको प्रक्रियामा रहेको महाशाखाले जानकारी दिएको छ। यसभन्दा पहिले दैनिक १५ सयबढी स्वाब संकलन हुने गरेपनि अहिले भने दुई सयसम्म मात्रै स्वाब संकलन हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।  

नाम मात्रैको लकडाउन  
प्रदेश ५ का सबैजसो जिल्लामा लकडाउन खुकुलो छ। चोक, बजार, पसल सबै ठाउँमा मानिसको भिड दिन प्रतिदिनि बढ्दो छ। अन्यत्र मास्क नलगाइ निस्कनेलाई पक्राउ गरेर कारबाही गरेका घटना सार्वजनिक भए पनि प्रदेश ५ को अस्थायी मुकाम बुटवल बजारमा न मास्क अनिवार्य छ, न भौतिक दूरी नै कायम गरिएको देखिन्छ। यसले गर्दा पनि यहाँ जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ।  

तराईका जिल्लामा रहेका मुख्य बजारक्षेत्र बुटवल, भैरहवा, परासी, तौलीहवा, नेपालगञ्ज, तुलसीपुर, घोराहीमा लकडाउन निकै खुकुलो भएको छ। सरकारी कार्यलयमा अझै बढी लापरबाही देखिने गरेको छ। यस क्षेत्रमा रहेका ठूलो होटल तथा पसलहरू पनि पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन्। बजारमा मास्क लगाउने भन्दा नलगाउनेको संख्या धेरै देखिने गरेको स्थानीयको भनाइ छ।  

यस विषयमा प्रहरी प्रशासन तथा अन्य सरोकारवाला निकायले ध्यान दिएका छैनन्। लकडाउन खुकुलो हुँदा कारोनाको जोखिम बढ्दै जाने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ।  

रित्तिँदै क्वारेन्टिन र आइसोलेसन
संक्रमितको संख्या घट्दै जाँदा आइसोलेसन र क्वारेन्टिनहरूपनि रित्तिँदै गएका छन्। गत जेठमा प्रदेशका १२ जिल्लामा रहेका क्वारेन्टिनमा भारतबाट फर्केका ४० हजार नागरिकलाई राखिएको थियो। अहिले त्यो संख्या ५  हजार तीन सय ५६ मा झरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।  प्रदेशमा नयाँ संक्रमितको तुलनामा निको भएर घर फकर्नेको संख्या बढी रहेकाले आइसोलेसन तथा कोरोना विशेष अस्पतालका शड्ढया पनि खाली हुँदै गएका छन्। 

प्रकाशित: ३१ असार २०७७ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App