१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अन्ततः विश्व स्वास्थ्य संगठनले भन्यो : हावाबाट पनि कोरोना सर्छ भन्ने कुरा सही रहेछ

क्याप्शन

अन्ततः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘हावाबाट कोरोना संक्रमण फैलिन्छ’ भन्ने कुरा सही रहेको स्वीकार गरेको छ ।

 

यो पनि पढ्नुहोस्

३२ देशका वैज्ञानिक भन्छन् : काेराेना हावामै मिसिएकाे पाइयाे

 

यसअघि वैज्ञानिकको एक समूहले डब्लुएचओलाई खुलापत्र लेख्दै यसतर्फ ध्यान दिई कोरोनासँग सम्बन्धित मार्गनिर्देशन र सुझाव नै परिवर्तन गर्न आग्रह गरेको थियो । 

 

यो पनि पढ्नुहोस्

हावामा कोरोना भाइरस भेटिएको भन्नेबारे गम्भीर समीक्षा गरिरहेका छौं : डब्लुएचओ

 

यस विषयमा डब्लुएचओका बेनिडेट्टा अल्लेग्रान्जीले हावाका माध्यमबाट कोरोना भाइरस फैलिन्छ भन्ने प्रमाण फेला परिरहेको तर अझै यस विषयमा स्पष्टसाथ सकिने स्थिति नरहेको बताएका छन् ।    

उनले भने, ‘सार्वजनिक स्थान खासगरी भिडभाड भएको, राम्रोसँग हावा ओहोरदोहोर नगर्ने एवं बन्द कोठामा हावाबाट कोरोना सर्ने कुरालाई अस्वीकार गर्न सकिन्न । तर यससम्बन्धी प्रमाण संकलन गर्न र साझा बुझाइ बनाउन जरुरी छ । यो काम हामीले जारी राखेका छौं ।’

यसअघि भने डब्लुएचओले मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा नाक र मुखबाट निस्किने छिट्टा नजिकै रहेका अर्का व्यक्तिलाई पर्यो भने कोरोना सर्छ भनिरहेको थियो । यसैकारण उसले व्यक्ति व्यक्तिबीचको दूरी कम्तीमा ३.३ मिटर कायम गर्न सुझाव दिइरहेको थियो/छ । यसैबाट कोरोना नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ भन्ने डब्लुएचओको तर्क थियो ।  

तर अब हावाबाट पनि कोरोना सर्न सक्ने जुन नयाँ तथ्य पत्ता लागेको छ, त्यो पूर्ण रूपमा प्रमाणित भएका खण्डमा अहिले लागू भइरहेकाे सतर्कतासम्बन्धी नियममा आमूल परिवर्तन गर्नुपर्ने हुन सक्छ । बिबिसी

प्रकाशित: २४ असार २०७७ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App