coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

३२ देशका वैज्ञानिक भन्छन् : काेराेना हावामै मिसिएकाे पाइयाे

वैज्ञानिकको एक टोलीले कोरोना भाइरस हावाबाटै भयावह रूपमा फैलिरहेको बताएका छन्।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिलेसम्म मुख्य रूपमा संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा निस्किने खकार, सिंगान तथा थुकका छिटा नजिकै बसेको स्वस्थ व्यक्तिसम्म पुग्यो भने भाइरस सर्ने बताइरहेको छ। यसैकारण कम्तीमा एकअर्काबीचको दूरी २ मिटर कायम गर्न सुझाव दिइरहेको छ।  

तर ३२ देशका २३९ वैज्ञानिकले आफूहरूले गरेको अनुसन्धानले संक्रमितले त्यसरी उछिट्याउने छिटा हावामा मिसिएर घुमिरहने र सानोभन्दा सानो त्यसको कणबाट मानिस संक्रमित हुन सक्ने देखिएको दाबी गरेका हुन्। होटल, रेस्टुरेन्ट, बार, बजार, क्यासिनो, कार्यालयभित्र हावाबाट धेरै मानिसमा भयावह रूपमा संक्रमण फैलिरहेको उनीहरूले बताएका छन्। 

यसैकारण यस रोगसँग सम्बन्धित मार्गनिर्देशन परिमार्जन गर्न माग गर्दै ती वैज्ञानिकले डब्लुएचओलाई खुला पत्र लेखेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। त्यस पत्रमा उनीहरूले फेला पारेका प्रमाण पनि पेस गर्ने बताइएको छ। जुन पत्र आउँदो हप्ता साइन्स जर्नलमा प्रकाशन गर्ने तयारी छ। 

अनुसन्धानकर्ताका अनुसार घरभित्र पनि मास्क लगाउन जरुरी देखिएको छ। अझ रोगीको हेरचाह गर्ने स्वास्थ्यकर्मीलगायतका मानिसले त नाइन्टी फाइभ (९५) मास्क प्रयोग गर्न अनिवार्य रहेको उनीहरूले बताएका छन्। जसले कोरोना भाइरसयुक्त हावालाई फिल्टर गर्न मद्दत गर्नेछ।  

तर डब्ल्युएचओले हावाबाटै भाइरस सर्ने विषयमा अहिलेसम्म ठाेस प्रमाण नपाइएकाे र वैज्ञानिकले दिएको प्रमाण पर्याप्त नभएको दाबी गरेकाे छ। 

प्रकाशित: २२ असार २०७७ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App