त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अरुण सायमी र क्याम्पस प्रमुख रामप्रसाद उप्रेतीको नामै किटेर अनियमितताको आरोप लगाउ"दै उनले राजनीतिक भागबन्डाका आधारमा नियुक्तिको परिपाटी अन्त्य गर्न माग गरेका छन्।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनियमितता भएको पुष्टि गरको दुई वर्ष पुगिसक्दा पनि पदाधिकारीहरूलाई कारबाही नभएपछि केसी आन्दोलित बनेका हुन्। उनलाई डाक्टर, नर्स, कर्मचारी र विद्यार्थी सम्मिलित संयुक्त संघर्ष समितिको समर्थन छ।
दोषी ठहरिएकालाई कारबाही सट्टा पदावधि सकिएको सात महिनासम्म निमित्तको जिम्मेवारी दिएर राखिएकामा आपत्ति जनाउ"दै नया" नियुक्तिको माग संघर्ष समितिले गरेको छ। संघर्ष कार्यक्रमकै क्रममा अस्पतालमा अपराह्न सञ्चालन हुने क्लिनिक र पठनपाठन एक सातादेखि ठप्प छ।
'दुई वर्षअघि पनि सबै डाक्टर/नर्स आन्दोलन गर्नुपरेको थियो,' केसीले नागरिकस"ग भने, 'सरकारले बनाएको समितिले डिनलगायत पदाधिकारीले भ्रष्टाचार गरेको ठहर्याए पनि अहिलेसम्म केही कारबाही नभएकाले म अनसन बस्न लागेको हु"।' सायमीको चारवर्षे पदावधि कात्तिकमै सकिएको थियो।
व्यक्ति लक्षितभन्दा पनि 'सिस्टम' सुधार्न अनसन बस्न लागेको जानकारी दि"दै केसीले भने, 'अबको नियुक्ति सिनियर प्राध्यापकबाट वा प्रतिष्पर्धाबाट हुनुपर्छ।'
चिकित्साशास्त्र अध्ययन संस्थानको डिन र दुई सहायक डिन खाली छ। टिचिङका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख पनि धमाधम रिक्त भइरहेको छ। केसीले राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिले संस्थाको साखलाई सखाप पारेकामा चिन्ता व्यक्त गर्र्दै भने, 'म भने कुनै पनि पद खान्न, राम्रा ल्याउन आन्दोलनमा होमिएको हु"।'
डिनले प्रवेश परीक्षामा धा"धली, मेडिकल कलेजको अनुबन्ध, विद्यार्थी कोटा लगायतमा अनियमितता गरेको आरोप लगाउ"दै अस्पताल झन्डै दुई साता बन्द भएपछि सरकारले दुई वर्षअघि छानबिन समिति बनाएको थियो।
पूर्व शिक्षासचिव जयराम गिरी संयोजक रहेको उक्त समितिले सायमी र क्याम्पसप्रमुख रामप्रसाद उप्रेतीलाई लागेको आरोपमध्ये अधिकांश सत्य ठहर्यायो। राजनीतिक संरक्षणकै कारण दुई वर्षसम्म कारबाही नभएको ठहर गर्दै केसीले अनसनको बाटो रोजेका हुन्।
'टिचिङको ठूलो इज्ज्त थियो,' केसीले भने, 'व्यक्तिगत लाभका लागि संस्था डुबाउनेलाई कारबाही गराउने अरु उपाय नभए भोकै मर्न कस्सिएको हु"।' प्रवेश परीक्षामा समेत धा"धली हुन थालेकाले उनी सर्वाधिक दुखी छन्।
अनसनका लागि उनले क्याम्पसको सेमिनार हल रोजेका छन्। शरीरको शक्तिले धानेसम्म काम नछाड्ने अठोट उनले गरे। 'सोमबार अप्रेसन गर्छु,' उनले भने, 'सोमबारदेखि सकुञ्जेल वार्ड गएर भर्ना भएका बिरामी हेर्छु।'
उनलाई आन्दोलनमा नउत्रन वरिष्ठ चिकित्सक जगदिश अग्रवालदेखि चर्चित मुटुरोग विशेषज्ञ भगवान कोइरालासम्मले सुझाइरहेका छन्। केसीले मानेका छैनन्।
'सिनियर र साथीहरूले मलाई माया गरेर अनसन नबस भनिरहनुभएको छ,' उनले भने, 'मैले अठोट गरिसकेको छु- माग पूरा गराएरै छाड्छु।'
यो संस्था आफू र कयौं डाक्टरको 'सबथोक' भएकाले जसरी पनि साख फिर्ता ल्याउनुपर्ने केसीले बताए। उनी तीस वर्षदेखि टिचिङको दुईकोठे क्वार्टरमा छन्।
उनी हाडजोर्नी पढ्ने विद्यार्थीका प्रिय गुरु हुन्। टिचिङमा मात्र काम गर्छन्। अस्पतालकै प्राइभेट क्लिनिकमा समेत बस्दैनन्। मोबाइल समेत बोक्दैनन्।
अविवाहित भएकाले केसीलाई दुखिगरिबको सेवामा दिनरात खट्न सजिलो भएको छ। टिचिङमा लिएको तलबबाट केही हजार जोगिनेबित्तिकै उनी गाउ"घरका बिरामी र स्वास्थ्य कार्यकर्तालाई तालिम दिन निस्कन्छन्। यसरी ७५ जिल्लै पुगेका छन्।
केसीले सात महिनाअघि अनसन घोषणा गरेका थिए। राष्ट्रपति, विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री बाबुराम भट्टराई, उपकुलपति, रजिष्ट्रार, रेक्टरकहा" पुग्दा पनि माग सम्बोधन नभएकाले अनसन बाध्यता बनेको उनले बताए।
'राजनीतिक नियुक्तिवाला त्रिविभन्दा नियुक्ति दिनेप्रति वफादार भएर काम गरेको देखियो,' उनले भने, 'त्यसैले सक्षम र इमान्दारलाई अवसर दिइयोस् भन्ने हाम्रो माग हो।'
केसीले अनसनका लागि सात महिनादेखि अभ्यास गरिरहेका छन्। दिनको एक छाक मात्र सलाद र थोरै खानेकुरा खाएर उनले ६३ किलोबाट १२ किलो तौल घटाएका छन्।
सरकारकै समितिले अनियमितता ठहर्याएको प्रतिवेदन कार्यान्वयन नभएको देख्दा उनलाई उदेक लागेको छ। 'शिक्षा मन्त्रालय, प्रधानमन्त्री, अख्तियारमा सर्दै गएर प्रतिवेदन थान्को लाग्यो,' उनले भने, 'त्यसको कार्यान्वयन गरियोस्।'
प्रतिवेदनमा चिकित्साशास्त्र अध्ययन संस्थान र क्याम्पसमा वरिष्ठता वा प्रतिपष्पर्धाका आधारमा नियुक्त गर्न पनि सुझाइएको छ।
केसीका दुई माग
- राजनीतिक भागबण्डाबाट नभएर प्राध्यापक चिकित्सकमध्ये विशुद्ध वरिष्ठता या योग्यता, कार्यक्षमता, अनुभव र भिजनका आधारमा पारदर्शी र स्वच्छ प्रतिस्पर्धा गराएर डिन लगायत अन्य पदाधिकारीको तुरुन्त चयन गर
- धाँधली, भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगमा मुछिएका र दोषी पाइएका संस्थानका डिन लगायत उच्च पदाधिकारीलाई कारबाही गर
प्रकाशित: ३० वैशाख २०६९ २१:४५ शनिबार





