२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

गरौं योग, बनौं निरोग

कोरोना भाइरसका कारण अहिले संसार आक्रान्त छ। यसको अचुक दबाई अझै पत्ता लागेको छैन। त्यसैले कतिपय ठाउँमा आयुर्वेद चिकित्सा पद्धतिबाट पनि यसको रोकथाम तथा व्यवस्थापनका उपाय खोजिँदै छ। बागमती अञ्चल आयुर्वेद औषधालयले पनि यस्तै अभियान थालनी गरेको छ।  

काठमाडौंको कागेश्वरी मनोहरा–७ स्थित कभर्डहलमा शनिबार आयोजित  कार्यक्रममा कसरी स्वस्थ रहने भन्ने विषयमा स्थानीयलाई जानकारी दिइयो। योगासानको अभ्यास समेत गराइएको कार्यक्रममा रोगप्रतिरोधी प्रणाली  विकासका लागि दैनिक ३० मिनेटदेखि ४५ मिनेटसम्म योगासन, सूर्यनमस्कार, प्राणयाम गर्नुपर्ने बताइयो।    

दैनिक क्रियाकलाप, आहार, सरसफाइ, व्यक्तिगत दूरी, रितुचर्या लगायतका विषयमा उपयुक्त ध्यान दिनुपर्ने सुझाएको छ। त्यसो त औषधालयले एक घर पाँच जडीबुटी, पाँच व्यवहार परिवर्तन तथा पाँच योग भन्ने अभियान चलाएको छ।  

बागमती आर्युवेद औषधालयले ‘एक घर पाँच जडीबुटी, पाँच व्यवहार परिवर्तन तथा पाँच योग’ अभियान चलाएको छ।  

कोरोनाका कारण आयुर्वेद चिकित्साको महत्व  झनै  बढेर गएको  कार्यक्रममा सहभागी डा. अन्जु कार्कीले बताइन् । ‘दैनिक जीवनका ससाना कुरालाई सुधार गरेमात्र पनि हामी कोरोना लगायतका संक्रमणबाट बच्न सक्छौं,’ उनले भने, ‘राम्रो आहार , सकारात्मक सोच र योगले जीवनलाई नयाँ आयम दिन्छ।’  

कार्यक्रममा सहभागी भएकाले आआफ्नो टोलमा गएर अन्यलाई योग र ध्यानको महत्व बुझाउने उनले बताइन्। ‘सबै सचेत नभएसम्म कुनै पनि संक्रमणको मुकाबिला गर्न सकिन्न,’ उनले थपिन्, ‘यसका लागि समाजका हरेक तप्का एक भएर जुट्नुपर्ने बेला आएको छ ।’  

कार्यक्रममा नगरपालिकाका मेयर कृष्णहरि थापा तथा वडा नम्बर ७ का अध्यक्ष जीवन थापाले स्वास्थ्यका लागि योग महत्वपूर्ण भन्दै संक्रमण व्यवस्थापनका थप उपाय अपनाउँदै जाने बताए। 

प्रकाशित: १४ असार २०७७ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App