१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेक सबै सेवा बन्द

पर्वत जिल्ला अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। 

शुक्रबार बिहान संक्रमण पुष्टिको जानकारी आउनासाथ अस्पतालले आकस्मिकबाहेक आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।    

पर्वत जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएकाे हो।

योसँगै आकस्मिकबाहेक अस्पतालका अन्य सबै सेवा अर्काे सूचना नआउन्जेलका लागि बन्द गराइएको उनले जानकारी दिएका छन्। 

प्रकाशित: ५ असार २०७७ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App