coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरका सबै कोरोना संक्रमित डिष्चार्ज

कोरोना भाइरस (कोभिड-१९) संक्रमित भक्तपुरका सवै चारैजना व्यक्तिहरु बिहीबारसम्ममा अस्पतालबाट डिष्चार्ज भएका छन् । दोश्रो पटकको टेष्टमा पनि कोरोना नेगेटिभ देखिएपछि बिहीबार पछिल्लो पटक संक्रमित भक्तपुर नगरपालिका वडा नं ९ की महिला वडा सदस्य अस्पतालबाट डिष्चार्ज भएका छन् । यससँंगै जिल्लाबाट संक्रमित सवै चारै जना कोरोना जितेर अस्पतालबाट डिष्चार्ज हुन सफल भएका हुन् ।  

यसअघि पहिलो पटक भक्तपुरको दुवाकोटको प्रहरी जवान र मध्यपुर थिमिकी संक्रमित नर्स केही दिन अघि अस्पतालबाट डिष्चार्ज भएका थिए । साथै बुधबार मात्रै भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेल घर भई काठमाडौं महानगरपालिकामा फोहोर बोक्ने गाडीका संक्रमित चालक डिष्चार्ज भएका थिए । यसरी विहीबारसम्म गर्दा जिल्लाका संक्रमित चारैजना कोरोना जितेर अस्पतालबाट डिष्चार्ज भएका हुन् । हालसम्म भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिसकेको छ । 

प्रकाशित: १५ जेष्ठ २०७७ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App