७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

तीन सय थान प्याड वितरण

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर एक्सपोज नेपालले आज विभिन्न क्षेत्रका महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छ । संस्थाले अपाङ्गता भएका महिलाहरु, महिला प्रहरी र महिला पत्रकारलाई तीन सय थान भन्दा बढी प्याड वितरण गरेको हो ।

कोरोना महामारीका कारण मुलुक नै लकडाउनमा भएको कारणले प्याडका लागि समस्या पर्ने अपाङ्गता भएका महिलाहरु, महामारीमा पनि फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरी र पत्रकारलाई प्याड वितरण गरिएको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताए । महिनावारीका समयमा कपडाबाट बनाइएको पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्ने तरिकाबारे जानकारी गराएर हस्तान्तरण गरिएको महर्जनले बताए । एस एन भि नेपालको सहयोगमा प्याड वितरण गरिएको एक्सपोज नेपालले जनाएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App