१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

एकैदिन १ सय ५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक हजार नाघ्यो

बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ सप्तरीका जनामा पोजेटिभ देखिएको छ ।  

यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा संक्रमण देखिएको मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बताए । यस्तै भरतपुर अस्पतालमा नवलपुरका १ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा धनुषाका ४ वर्षिया बालिकासहित २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहका ६ जना

दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पोजेटिभ देखिएको हो । यस्तै सुर्तेतमा गरिएको परीक्षणमा २३ जनाको पोजेटिभ आएको छ । जसमा बझाङका १ जना सुर्खेतका २ वर्षिया बालिकासहित १३ र दैलेखका ८ जना रहेको प्रवक्ता देवकोटाले बताए । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा हेटौडाका एक, भेरी अस्पतालमा गरीएको परीक्षणमा बर्दियाका ३ र नेपालगञ्जका १ जनामा गरी ४ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा पोजेटिभ देखिएको छ । सुदूरपचिमा थप ३ जनामा संक्रमण देखिएको छ । दार्चुलाका १ र कैलालीका २ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षिया पुरुषको मृत्यु भएको हो । किस्ट अस्पतालमा उपचाररत उनको कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी ११ गते किस्ट अस्पतालमा भर्ना भएको थिए । आइसियुमा उचार गराइरहेका ती पुरुष कलेजो सम्बन्धि रोगबाट पीडित थिए । १२ गते नमुना परीक्षण भएकोमा हिजो उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।

यस्तै अहिले देशका विभिन्न अस्पतालमा ८ सय ५० जना संक्रमित आइसोलेसनम उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा  ९९, प्रदेश नम्बर २ मा ३ सय १३, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश नम्बर ५ मा  ३ सय २९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

बिहीबारसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडिटी विधिबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय १९ र आरडिटी विधिबाट १ हजार ७ सय ४७ जनाको नमुना परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर १ मा ११ हजार ३ सय २२, प्रदेश नम्बर २ मा  ६ हजार ६ सय १७, बागमती प्रदेशमा २४ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १८ हजार ७ सय ९४, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा २१ हजार १ सय ३५ जनाको आरडिटी परीक्षण भएको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मा २ हजार ९१, प्रदेश नम्बर २ मा १४ हजार १४, बागमती प्रदेशमा १ हजार ६ सय ३१ र गण्डकी प्रदेशमा २ हजार २ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा  २९ हजार १ सय ५८, कर्णाली प्रदेशमा १४ हजार ८ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २२ हजार २ सय १५ जना गरी देशभरी ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App