१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रहेरा स्वास्थ्य चौकीमा ५० बेडको आइसोलेसन सेन्टर

जिल्लामा कोरोना संक्रमितको संख्या लगातार बढे पछि कपिलवस्तु नगरपालिका–११ रहेरा स्थित स्वास्थ्य चौकीमा ५० बेडको आइसोलेसन सेन्टर संचालन गरिएको छ । कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिको संयुक्त लगानीमा ब्यवस्थित आईसोलेसन सेन्टर संचालन गरिएको हो । शनिवार साझ कपिलवस्तु नगरपालिकाका मेयर किरण सिह र यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेले संयुक्तरुपमा सेन्टरको उदघाटन गरे । सेन्टरमा १६ कोठा र एउटा हल छ ।

सो अवसरमा मेयर सिंहले कोरोना संक्रमितको संख्या बढे पछि उनीहरूको निग्रानी र उपचारकालगि सेन्टर निर्माण गरिएको बताए । ‘आइसोलनेसन बेडको अभावमा संक्रमितहरूलाई बुटवल भैरहवा पठाउदा त्यहा पनि बेड खाली नहुँदा समस्या परेको थियो’ उनले भने, ‘अब भने संक्रमितलाई राख्न सहज भएको छ ।’ यस अघि बेड अभावले नगरपालिकामा भेटिएका नौ जना संक्रमित बुटवल स्थित कारोना अस्पताल पाठईएको थियो ।

यस्तै यशोधरा गाउपालिका प्रमुख पाण्डेयले आफनोे पालिकामा उपयुक्त स्थान नभएकाले कपिलवस्तु नगरपालिकासंग सहकार्य गरिएको बताए । उनले आवश्यक्ता अनुसार बेडको संख्या थपिदै जाने बताए । यशोधरामा पनि १२ जना भेटिएका संक्रमति बुटवल पठाइएको थियो । जिल्लामा ८० जना संक्रमित भेटिएका छन्। 

प्रकाशित: १२ जेष्ठ २०७७ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App