१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जिल्लामै पिसिआर परीक्षण सुरु

जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को  पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षण सुरु गरिएको छ । मंगलबार इलाम अस्पतालका ११ स्वास्थ्यकर्मी र इलाम नगरपालिकाका २ जनाको स्वाब नमुना लिई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।  

जिल्लामा संघीय सरकारले सय र प्रदेश सरकारले २० भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) किट पठाएपछि पिसिआर परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका विमल बरालले बुधबार पनि जिल्लामा पिसिआर परीक्षण जारी रहने जानकारी दिए । जिल्ला संकट व्यवस्थापन समितिले प्रदेश सरकारलाई २ हजार थान भिटिएम माग गरेको थियो ।  

मंगलबारसम्म जिल्लाका ६ सय १६ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) र ९ जनाको पिसिआर परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको थियो । जिल्लाका संस्थागत क्वारेन्टाइनमा ३ महिलासहित ३० जना र होम क्वारेन्टाइनमा १ सय ७९ महिलासहित १ हजार १२ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असहाय र असंगठित क्षेत्रका मजदुर गरी १० हजार ३ सय २५ जनालाई राहत वितरण गरिएको छ ।  

प्रकाशित: ६ जेष्ठ २०७७ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App