८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

औषधि र उपकरणसहित स्वाब संकलन गर्न स्वास्थ्यकर्मी डोल्पा आए

डोल्पा- कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट स्वाब संकलनको लागि स्वास्थ्यकर्मीको टोली आवश्यक औषधि र उपकरणसहित डोल्पामा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका ७ मा रहेको कस्तुरी निमावि क्वारेन्टाइनमा रहेका नागरिकहरुको शुक्रबार आरडिटी परीक्षण गर्ने क्रममा एक जना पुरुषमा रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्न शनिबार हेलिकोप्टर मार्फत स्वास्थ्यकर्मीको टोली डोल्पामा पुगेको हो ।

क्वारेन्टाइनमा रहेका ३६ जनाको आरडिटी परीक्षण गरिएकोमा एक जना ६५ वर्षिय पुरुषमा रिपोर्ट पोजेटिभ फेला परेको थियो । तर शुक्रबार राति नै जिल्लाबाट आएको डाक्टर रमेश रोकासहितको स्वास्थ्य टोलीले पुनः परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिएपछि शंका लागेर पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्न प्रदेशबाट स्वास्थ्यकर्मीसहित औषधि झिकाइएको त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी प्रमुख प्रितिभक्त गिरीले बताए । हेलिकोप्टरमा प्रदेशबाट आएका स्वास्थ्यकर्मीले आरडिटी रिपोर्ट पोजेटिभ फेला परेका ६५ वर्षीय पुरुषसहित पाँच जनाको स्वाब संकलन गरेर प्रदेश राजधानी सुर्खेत अस्पतालमा लगिने भएको छ ।

ठुलीभेरी नगरपालिकाले गर्‍यो नगर प्रवेश गर्ने सबै नाका सिल        
पछिल्लो समय नेपालगन्जमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जान थालपछि र छिमेकी नगरपालिकामा समेत कोरोना भाइरस पोजेटेभि देखिएपछि यहाँको एक नगरपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने सबै सीमा नाकाहरुमा सिल गरेको छ । ठुलीभेरी नगरपालिकाको विपत ब्यवस्थापन समितिको बैठकले कोरोना जोखिमबाट नगरलाई बचाउन पूर्वसतर्कता अनुरुप अनिश्चित समयका लागि नगर प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका ७ स्थित कस्तुरी निमावि क्वारेन्टाइनमा रहेका नागरिकहरुको आरडिटी परीक्षण गर्दा एक जना पुरुषमा रिपोर्ट पोजेटिभ देखिएपछि मेयर गणेशबहादुर शाहीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पूर्वसतर्कताका लागि नगर प्रवेश गर्ने सबै नाकामा सिल गर्ने निर्णय गरेको हो । नगर विपत ब्यवस्थापन समितिको बैठकले नगरपालिकामा आवतजावत गर्ने प्रवेशद्वारमा कुनै पनि सवारीसाधन पैदलयात्रीहरु आवश्यकता र औचित्यताको आधारमा नगर र जिल्ला प्रशासनको समन्वयमा मात्र प्रवेश गर्न उपयुक्त देखिएमा मात्र अनुमति दिइने अनावश्यक अनुमति नदिइने निर्णय गरेको छ ।

नगरपालिकामा आवत जावत शिल गरिएका प्रवेशद्वारहरुमा ठुलीभेरी नगरपालिका ९को  भेत्ति र मोतिपुरको कोटमुनी पुल,वडानं ३ को जगतपुल, १० र ११ को र शेफोक्सुण्डो गाउँपालिकाको सिमाना नाका इश्वरीबक्स गुल्मसंग समन्वय गर्ने, प्रत्येक प्रवेशद्वारमा नेपाल प्रहरी तगा नगरपालिकाका स्वंयमसेवक परिचालन गरिएको छ ।

यसैगरि नगर मेयर शाहीले नियमितरुपमा खटिई स्वास्थ्यसेवा परीक्षण र व्यवस्थापनमा खटिएका राजनीतिक दलका पदाधिकारी नगरजनप्रतिनिधिहरु स्वास्थ्यकर्मी सुरक्षाकर्मी कर्मचारी पत्रकार लगायत नागरिक समाजकसेवीहरु सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित: २७ वैशाख २०७७ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App