१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

तेस्रो मुलुकबाट जाजरकोट आएका २ सय २१ को परीक्षण रिपोर्ट नेगेटिभ

भेरी नगरपालिकामा स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणकाे आरडीटी गर्दै । तस्बिर : जनक/नागरिक

जाजरकोट- भारत लगाएत तेस्रो मुलुकहरुबाट जाजरकोट आएका विभिन्न व्यक्तिहरुमा कोरोनाको संक्रमण जाँच्न गरिएको द्रुत निदान जाँच अर्थात आरडीटी गरिएका मध्य सवैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका सातै स्थानीय तहहरुको सक्रियता, कर्णाली प्रदेश सरकारले उपलव्ध गराएको स्वाब टेस्ट किटको प्रयोग गर्दै स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्यमा गरेको परीक्षणबाट यस्तो रिपोर्ट आएको हो ।

२ गतेदेखि सुरु गरिएको उक्त परीक्षण अभियानमा सवै भन्दा बढी  भेरी नगरपालिकामा गरिएको छ । भेरी नगरपालिकामा ८४ जनाको परीक्षण गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताइन् । उनले चैत २७ गते १४ जनाको स्वाब परिक्षणका लागि सुर्खेत पठाएका मध्य सवैको नेगेटिभ आएको र २ गतेदेखि आफूहरुले भारत लगाएतका तेस्रो मुलुकबाट नगरपालिकाभित्र आएका ७० जनाको आरडीटी  गर्दा उनीहरुको पनि नेगेटिभ नै आएको बताइन् ।  

स्वास्थ्य शाखा प्रमुख थापाका अनुसार नगरपालिकाभित्र भारत, तेस्रो मुलुकहरु, नेपालकै गुल्मी बाग्लुंग जिल्लाबाट आएकाहरुको आरडीटी परीक्षण गरिएको बताइन् । यस्तै वारेकोट गाउँपालिकामा बिहीबारसम्म ५५ जनाको परीक्षण गरिएको र सवैको नेगेटिभ आएको त्यहाँका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए । उनले आफूहरुले भारत लगाएतका विभिन्न स्थानबाट गाउँपालिकामा भित्रिएकाहरुलाई होम क्वारेन्टाइन तथा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेर अहिले आरडीटी गर्ने काम भइरहेको बताए।  

यस्तै जिल्लाको जुनीचाँदे गाउँपालिकामा पनि ६१ जनामा गरिएको आरडीटीबाट रिपोर्ट नेगेटिभ आएको जाजरकोट अस्पतालका चिकित्सक डाक्टर औसरसिंह राठौरले बताए । उनले गाउँपालिकामा बाहिरबाट आएर क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी गर्दा कसैमा कोरोनाको संक्रमण नभेटिएको बताए ।  

यस्तै छेडागाड नगरपालिकामा २१ जनामाथि गरिएको आरडीटीवाट पनि रिपोर्ट नेगेटिभ आएको कोरोना संक्रमण परीक्षणका लागि सहजीकरण गर्न छेडागाड पुगेकी जाजरकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन् । उनले जिल्लाका सवै स्थानीय तहहरुमा डाक्टरसहितको टोली परीक्षण कीट लिएर कोरोनाको संक्रमण जाँच्ने क्रम तीव्र बनेको बताइन् । यस अनुसार जाजरकोटमा भारत लगाएत विभिन्न तेस्रो मुलुकहरु तथा अन्य जिल्लाबाट भेरी नगरपालिका, वारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका छेडागाड नगरपालिकामा भित्रिएकाहरुमा कोरोनाका संक्रमण नभएको भेटिएको हो ।

अन्य स्थानीय तहहरुमा पनि परीक्षणको क्रम जारी रहेको र त्यहाँको रिपोर्ट कस्तो आउने भन्ने एकिन नभएको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा कोरोना संक्रमण रोक्नका लागि स्थानीय सरकारहरुले  निकै सक्रियता र होसियारी पुर्वक काम गरेको भएपनि प्रदेश सरकार र संघीय सरकारले पर्याप्त मात्रामा साथ नदिएको भेटिएको छ ।
 

प्रकाशित: ५ वैशाख २०७७ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App