१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नुवाकोटमा  १ सय ४१ जनाको र्‍यापिड टेष्ट

नुवाकोट– विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण हुन सक्ने आशंकालाई  मध्यनजर गर्दै विदेशबाट आएको जिल्लाका नागरिहरूको र्‍यापिड टेष्ट गर्न थालिएको छ।स्थानीय तहरूसंगको समन्वयमा उनीहरुको र्‍यापिड टेष्ट गर्न थालिएको हो। अहिलेसम्म १ सय ४१ जनाको र्‍यापिड टेष्ट गरिएको छ। जस अन्तर्गत तार्केश्वर गाउँपालिकामा रहेका ७३ जना र बेलकोटगढी नगरपालिकामा रहेका ५४ जनाको र्‍यापिड टेष्ट गरिएको छ।

उनीहरू सुरक्षित रूपमा होम क्वारेन्टाइनमा बस्दै आएका थिए। यस्तै शैक्षिक तालिम केन्द्र त्रिशुलीमा विदुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका १४जनाको पनि र्‍यापिड टेष्ट गरिसकिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।  

र्‍यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। बागमती प्रदेश सरकारले र्‍यापिड टेष्ट गर्ने किटसंगै आवश्यक अन्य सामग्री उपलव्ध गराए पछि  विदेशबाट आएकाहरूको र्‍यापिड टेष्ट भइरहेको छ। शैक्षिक तालिम केन्द्र त्रिशुलीमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाएसंगै जिल्लाको सबै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनहरू खाली भएको छ। 

जिल्लाको १२ स्थानीय  तहमा  २ सय ७२ शैया क्वारेन्टाइन निर्माण गरिएको छ। विभिन्न देशबाट आएका १ सय ४२ जना होम क्वारेन्टाइनमा बसिरहेका छन्।

प्रकाशित: ३० चैत्र २०७६ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App