८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पहिलो पटक एक सय ९० जनाको स्वाब काठमाडौ पठाइयो

जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वाब संकलन गरिदै ।

डडेल्धुरा- स्थानीय सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेकाहरु एवं कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखा परेकाहरुको परीक्षणका लागि ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याईएपछि स्वाब संकलन गरि परीक्षणका लागि धनगढी हुँदै काठमाडौ पठाइएको हो।

डडेल्धुराका तीन स्थानबाट स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। दुई नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा भारत लगाएत अन्य मुलुकबाट आएका एक सय ९० जनाको स्वाब संकलन गरिएको उनले बताए।

भारत लगायत अन्य मुलुकबाट डडेल्धुरा भित्रिने स्थानीयको संख्या तीन हजार बढी छ। तर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा भने एक सय सात जना बसेका छन्।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, भित्रिमधेश जोगबुडास्थित परशुराम नगरपालिका–१२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पस र परशुराम नगरपालिका–७ सादनीको शिवशंकर माविमा बनाइएका क्वारेन्टाइनमा बसेकाहरुको परीक्षणका लागि स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

अमरगढी नगरपालिका, अजयमेरु, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरूको जिल्ला सदरमुकामको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमुना संकलन कार्य जारी रहेको छ। उनले भने, भित्रि मधेस क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न ‘क्वारेन्टाइन’ तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट स्वाब संकलन गरिएको हो।

स्वाब संकलनका लागि केन्द्रबाट एक सय ९० थान भिटिएम सेनाको हेलिकोप्टरमार्फत डडेल्धुरा पुर्‍याइएपछि संकलन कार्य सुरु भएको थियो। डडेल्धुरामा एक सय सात क्वारेन्टाइनमा बसेका छन्। भने अन्य होम क्वारेन्टाइन मा छन्। संकलित नमुना बिहीबार नै धनगढी हुँदै काठमाडौं पठाइएको छ।

नेपाल लकडाउन भएकै दिन चैत ११ गते गौरीफन्टा नाका भएर भारतबाट नेपाल भित्रिएका उनीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले गाडीको व्यवस्था गरी जिल्लामा पठाई क्वारेन्टाइनमा राखिएको थियो।

सो नाकाबाट आएकामध्ये कैलालीका एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसँगै आएका तथा अन्य व्यक्तिहरुमा कोरोनाको परीक्षण गर्न स्वाब संकलन गरिएको हो।
 

प्रकाशित: २७ चैत्र २०७६ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App