coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

लकडाउनको अवधिमा अपराधिक घटना हुनेतर्फ सचेत रहन आग्रह

खोटाङ– कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनको अवधिमा अपराधिक क्रियाकलाप हुने सम्भावनातर्फ सचेत रहन आग्रह गरेको छ। समितिको बुधबार बसेको बैठकले लअडाउनको अवधिमा विभिन्न अपराधिक घटना घट्न सक्ने सम्भावनातर्फ सचेत रहन सर्वसाधारण एबं सुरक्षा निकायलाई आग्रह गरेको छ।

संकटको सामना गर्नेतर्फ सबैको ध्यान केन्द्रित भएको अवस्थामा अपराधिक घटना घट्ने वा घटाउन सक्ने सम्भावना पनि भएकाले सचेत रहन र सावधानी अपनाउन भनिएको जिल्ला समन्वय समितिका प्रमुख एबं कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङले बताए। लकडाउनको अवधिमा सुरक्षा निकाय थप सकर्त रहनुपर्ने बैठकको निष्कर्ष छ।

बैठकले सबै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेर कोरोना रोकथाम तथा नियन्त्रणका आवश्यक गतिविधिमा खर्च गर्न, हरेक स्थानीय तहलाई कम्तीमा ४० बेडको क्वारेन्टाइन बनाउन आग्रह गर्ने निर्णय गरेको छ। यस्तै, स्वास्थ्य परिक्षणका क्रममा स्वास्थ्यकर्मीले लगाउने पिपिई, मास्क, ग्लोब्स लगायतका सामग्री व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र १ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय समक्ष सहयोग माग गर्ने निर्णय गरिएको संयोजक चाम्लिङले बताए।

प्रकाशित: १३ चैत्र २०७६ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App