२८ असार २०७७ आइतबार
स्वास्थ्य

कोरोना चिन्ताको घेरामा विश्वव्यापी नेपाली समूदाय

काठमाडौं- संयुक्त अरब इमिरेट्समा बस्ने दुईजना नेपालीलाई कोरोना भाईरसको संक्रमण भएको छ। अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोनाको संक्रमणमा परेका छन्।   इटालीमा ३ करोड मान्छे कोरोना त्रासले स्वनिर्वासनमा घरभित्रै थुनिएका छ्न्। यसमा कती नेपाली छन् कसैलाई थाहा छैन।कतार सरकारले नेपाली लगायत १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। अमेरिकाका धेरै राज्यहरुमा संकटकाल घोषणा गरिएको छ।    
धेरै परको कुरो अली पछी। भारत र चीनसंगको हाम्रो खुल्ला सीमा र त्यहांको अव्यवस्था हेरौँ। सोचौं, खासगरी हामीसँग सजिलै घुलमिल हुनसक्ने र आवत-जावतमा कुनै बन्देज नभएका दक्षिणी छिमेकीबाट हामीले कम्तिमा अहिलेको अवस्थामा जनस्वास्थ्यकै दृष्टिले पनि जोगिने वा सावधान रहने व्यवस्था गर्नु पर्छ कि पर्दैन?    
छिमेकी र खाडीका देशहरुबाहेक कोरिया, जापान, यूरोप, अमेरिकातिरका नेपालीहरुको हालखबर के छ? अर्थात, आजको विश्वव्यापी नेपाली समुदाय, संसारको कुनैपनि प्रमुख घटनाक्रमसँग अछुतो रहने अवस्था छैन। नेपालीहरु अब यत्रतत्र सर्वत्र पुगिसके। 

हामीले नेपालमा बसेर उनीहरुको चिन्ता गर्ने कि नगर्ने? वा, यसप्रकारको परिस्थितीमा नेपाल सरकारको जिम्मेदारी के रहन्छ। प्रश्न गर्ने कि नगर्ने? नेपाली करदाताले खरबौं रुपैयाँ तिरेर पालेका राजदूतहरुले हाम्रो बोक्रे प्रतिनिधित्व मात्र होइन, हाम्रो हितको सुरक्षा गर्नु पर्छ कि पर्दैन?  कतार सरकारका अनुसार, सोमबार बिहानसम्म त्यहाँ १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि संक्रमण भएको पुष्टि गरेको भएपनि उनीहरुको नागरिकताबारे केही जानकारी दिएको छैन। नेपालको परराष्ट्र मन्त्रालयको विवरणका अनुसार कतारमा ३ लाख ६० हजारभन्दा बढी नेपालीहरू कार्यरत छन्।
यसैगरी नेपाली दूतावास क्यानबेरा, अष्ट्रेलियाले एउटा अपील जारी गरी "होबार्ट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएको" र उनको उपचार हुँदैगरेको बताएको छ।

हामीले नेपालमा बसेर उनीहरुको चिन्ता गर्ने कि नगर्ने? वा, यसप्रकारको परिस्थितीमा नेपाल सरकारको जिम्मेदारी के रहन्छ। प्रश्न गर्ने कि नगर्ने? नेपाली करदाताले खरबौं रुपैयाँ तिरेर पालेका राजदूतहरुले हाम्रो बोक्रे प्रतिनिधित्व मात्र होइन, हाम्रो हितको सुरक्षा गर्नु पर्छ कि पर्दैन?


समग्रमा, कोरोना अब नेपाल भित्रका नेपालीका लागि चिन्ताको विषय त बनेकै छ, नेपाल बाहिर बसोबस गर्ने परीजनहरुको चिन्ताले घाऊमा नूनचुकको अवस्था बनेको छ। यस्तो बेलामा, अरु केही नगरेपनि, कमसेकम हरेक शहरहरुमा भएका नेपाली चिकित्साकर्मीहरुलाई सम्पर्क गरेर त्यहाँको नेपाली समूदायलाई आड, भरोसा दिलाउँदै सक्दो सहयोग गरिदिन अनुरोध मात्रै नेपाल सरकार र यसका प्रतिनिधीहरुले गरिदिए केही राहत पुग्न जान्छ। र, यो गर्न नसकिने काम त हुँदै होइन।      
खाडीका मुलुकहरुमा बस्ने नेपालीहरु मात्र होइन, सूचनाको हक र मानवाधिकार सुनिश्चीत भएका अमेरिका जस्तो देशमा पनि नेपाल सरकारका वैतनिक र यत्रतत्र वर्खेच्याउ सरी उम्रिएका अवैतनिक दूतहरुलाई यस्तो परिस्थितीमा कहाँ, कसरी, कोसँग सहकार्य गरेर कमसेकम अश्वासनको सेवा प्रदान गर्ने भन्ने पत्तो छैन।                    
कतारको राजधानी दोहास्थित नेपालको राजादूतावासले एउटा जानकारीमूलक सूचना भने हिजो सार्वजनिक गरेको छ। अनी, आज बिहान भएको सम्वादमा कतारका लागि नेपालका राजदूत नारद वाग्ले भारद्वाजले भने: "हामी सरकारसँग नजिकको सम्वन्धमा रहेका छौं र अहिलेसम्म (कतारका) कोहिपनि नेपाली (कोरोनाबाट) संक्रमित भएको जानकारी आएको छैन।"
राजदूत वाग्लेले, कतारमा सरकारले ठाउँठाउँमा कडा निगरानी गरेको जानकारी दिंदै भाईरसबाट संक्रमित व्यक्तीहरुको संगरोध (क्वारेन्टाइन) गरिएको, व्यापकस्तरको परीक्षण जारी रहेको, नेपाल लगायत १४ देशका मानिसहरुको यात्रामा प्रतिवन्ध लगाइएको बताउँदै (कतार) सरकारसँग आकष्मिक परिस्थितीलाई सामना गर्नसक्ने क्षमता रहेको जानकारी दिए।
अमेरिकाको डेन्वर (कोलोराडो) र यसका वरिपरिका शहरहरुमा नेपालीहरुको बाक्लै बस्ती छ। त्यहाँको प्रसिद्ध काइजर पर्मानेन्ते अस्पतालमा कार्यरत चिकित्सक, पंकज तिम्सिनाले आफूलाई नेपाल सरकारका कुनै आधिकारिक कर्मचारी वा अवैतनिक दूतहरुले सम्पर्क गरेर स्थानीय नेपालीहरुका बारे खोजखबर नगरेको बताए। उनले भने, 'हामीलाई कसैले सम्पर्क गरेको वा सहयोग मागेका छैनन। बरु हामी डाक्टरहरुनै  मिलेर केही सूचनामूलक अभियान थाल्ने हो कि भन्ने सोचमा छौं।'
नेपाली मात्रै होइन संसारैभरिका आप्रवसिहरुको प्रमुख आकर्षण रहेको कहिल्यै ननिदाउने, न्यु योर्क शहर र वरिपरिका राज्यहरु न्यु जर्सी, पेन्सिलभानिया, कनेक्टिकट, मासाच्युसेट्स आदिलाई जोड्ने होभने सम्भबत: नेपालीहरुको जनघनत्व यो क्षेत्रमा सबैभन्दा बढि छ। न्यू योर्कमा नेपाल सरकारका २ वटा कार्यालय (कन्सुलेट र राष्ट्रसंघका लागि स्थायी नियोग), र जम्मा ४ घण्टाको ड्राइभमा राजधानी वासिङटन डिसीमा सर्वशक्तिमान राजादूतावासनै रहेकोले नेपालीहरुले 'अभिभावक'ले आफूहरुको राम्रो हेरचाह गरिदेओस् भनेर अपेक्षा राख्नु अन्यथा होइन।
तर यो क्षेत्रमा पनि अवस्था कोलोराडोभन्दा फरक देखिंदैन। अर्थात, केही भैपरि आईलाग्यो भने के गर्ने, कसलाई आफ्नो भनेर सबैभन्दा पहिला खोज्ने, गुहार माग्ने भन्ने स्थानीय समुदायको चासो प्रति कसैको ध्यान गएको देखिदैन।
वासिङटन डिसीमा, राजदूत अर्जुन कुमार कार्कीसँग "अमेरिकाका विभिन्न राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ, नेपाली समूदायको सेवाका लागि के तयारी गरिएको छ" भनेर सोधिपठाएको प्रश्नको जवाफ झन्डै २४ घण्टापछि यो लेखुन्जेलसम्म आएन।      
'आजको दिनसम्म हाम्रो नेपाली राजदुतावास र कन्सुलेट जेनरलको कार्यालयले कुनै आधिकारिक सूचनाहरु सम्प्रेषण गरेको जानकारी मलाई चाँही प्राप्त भएको छैन। करोना भाईरसको संक्रमित प्रकृतिलाई आत्मसात गरेर नेपाली समुदाय र संघ-संस्थाहरुले आफ्ना पूर्व निर्धारित कार्यक्रमहरु धमाधम रद्द गर्न थालेका छन," सामाजिक अभियन्ता शैलेश श्रेष्ठ भन्छन्।
उनी थप्छन, 'न्यु योर्क राज्यले संकटकालको घोषणा गरेको खबरसंगै नेपालमा रहेका उनीहरुको नातेदार र आफन्तहरुले अतिरिक्त चिन्ता जाहेर गर्न थालेको खबर सामाजिक संजालहरुमा बाक्लो गरि सम्प्रेषण हुनथालेको छ। छिमकी राज्य न्युजर्सीमा पनि गभर्नर फिल मर्फीले भर्खर संकटकाल घोषणा गरेका छन। न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ क्युमो र न्युयोर्कका मेयर बिल द ब्लाजियो महामारीको सामना गर्न चालिएका कदमहरुका बारेमा आफ्ना नागरिकहरुलाई आवधिक सूचना र जानकारीहरु सम्प्रेषण गरिरहेका छन।'
अमेरिकाको मध्यतिर, नेपालीहरुको बाक्लो बसोबास भएको अर्को ठाउँ, टेक्सास राज्यको डल्लास शहर वरिपरि बस्ने नेपालीहरु पनि नेपाल सरकारको उदासिनताप्रति उत्तिकै दिक्क छन्। डोटीबाट ५ वर्ष अघि यता सरेका दिलबहादुर बिष्ट भन्छन्: "यस्तो समस्या परेका बेला आफ्नै जन्मभूमि, नेपाल सरकारका आधिकारिक कर्मचारीहरु हामीसँग संपर्क र सम्वादमा नरहनुले टुहुरो भएको जस्तो आभाष भएको छ।"
डल्लास, त्यसमा पनि अर्विङ, नेपालीहरुको गढनै मानिन्छ। पेट्रोल पम्प, रेस्टुरेन्ट आदि चलाऊने व्यापारी मात्रै होइन, अरुको काम गरेरै जीवनयापन गर्नेका लागि पनि अन्य ठूला शहरहरुको तुलनामा यहाँ केही सजिलो छ र यहाँ नेपालीहरु थुप्रिएका छन्।  
डा. मन्दीप आचार्यका अनुसार उनिहरुले चलाएको अर्विङको क्लिनिकमा आउने ७०-७५% व्यक्तीहरु नेपालीनै हुन्छन्। "आफ्नै भाषामा सहज र  सुलभ चिकित्सा सेवा पाएर समूदायका सदस्यहरु खुशी छन् भने हामीलाई पनि आफ्नै परिवारका मान्छेहरुसँग दैनिक भेट भएर, उनिहरुलाई सहयोग गरेको सन्तुष्टी मिलेको छ।"
कोरोना सन्त्रासका मध्यमा आफूहरुसँग नेपाल सरकारको कुनै प्रतिनिधीले सम्पर्क वा सर-सल्लाह नगरेको बताउँदै आचार्यले भने: "हामी स्वतस्फूर्त रूपमै, क्लिनिकमा आउने र अन्यत्रपनी भेटिने नेपालीहरुलाई यो रोगका लक्षणहरु र यसबाट कसरी बच्ने भनेर जानकारी दीइराखेका छौं।" यस्ता जनहितका कार्यहरुमा, स्थानीय टेक्सास नेपाल मेडिकल एसोसिएसन र नेपलीज सोसाइटी अफ टेक्साससँग पनि सामझदारि मा गरिएको उनी बताउँछन्।
उत्तरी क्यालिफोर्नियाको झन्डै १८ हजार बर्गकिलोमिटर क्षेत्रमा फैलिएको र एक करोड जनसंख्या भएको सान फ्रान्सिस्को बे एरियामा क्यालिफोर्निकै सबैभन्दा बढि नेपालीहरुको बसोबास छ। एप्पल, फेसबूक, गूगल, ट्वीटर, यूट्युब, याहू, लिंक्ड इन, नेटफ्लिक्स जस्ता विश्वप्रसिद्ध सूचना प्रविधिका कम्पनीहरुमा काम गर्ने दक्ष नेपाली कामदारहरुका अतिरिक्त ६० माइलभित्र अमेरिकाकै तीन प्रमुख शहर र अन्तर्राष्ट्रिय विमानस्थल हुनुले प्रसस्तै नेपालीहरु ट्याक्सी, उबर, लिफ्ट जस्ता सार्वजनिक साधन चलाएर यस क्षेत्रमा जिविकोपार्जन गर्छन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट वातवरणीय स्वास्थ्य विज्ञानमा विद्यावारधी गरेका र सोही विश्वविद्यालयमा अध्यापन-अनुसन्धान गर्दैगरेका बानेश्वरका डा. आमोद पोखरेल बे एरियाको बर्कले शहरमै बस्छन्। कोरोनाको विश्वव्यापी त्रासकाबारे, त्यस क्षेत्रमा बस्ने नेपालीहरुको अवस्था कस्तो छ भनेर सोद्धा उनी भन्छन्, 'अहिले पो कोरोना आयो र यो स्तरको होहल्ला भएको छ। मैले त यसभन्दा निकै पहिलेनै अमेरिकाका प्रमुख शहरहरुमा भएका स्वास्थ्यकर्मीहरु र अन्य आ-आफ्नो विषयका ज्ञाताहरुको रेकर्ड राख्नुपर्छ भनेर पहल गरेको थिए। विभिन्न कारणहरुले यो सम्भव हुन सकेन। हालको, आतंकको जस्तो वातावरणमा यो कुरो कत्ति लाभदायी हुन्थ्योहोला।'
आफ्नो प्रयासको विफलताभन्दा बढि पोखरेललाई हामी नेपालीहरु नेपाल बाहिर आएर पनि जस्तो पर्छ त्यस्तै टर्छको सोचबाट मुक्त हुन नस्क्नुमा दुखित जस्तो सुनिन्छन। 'हो, आफ्नो जीविका चलाउन देश, घरबाट टाढा बस्नुपरेको अवस्थामा अधिकांस आप्रवासिहरुको दैनिकिको प्रमुख मुद्दा भनेकै आर्थिकोपार्जन गर्नु हो। तर तिनको वृहत्तर भलो हेर्ने, अधिकारको संरक्षण गर्ने र भर-अभर पर्दा अभिभावकको जिम्मेदारी वहन गर्नुपर्ने आधिकारिक व्यक्ती वा संस्थाहरु अहिलेको जस्तो अवस्थामा पनि जाग्दैनन् भने योभन्दा चिन्ताजनक अरु के हुनसक्छ।'                                      

 

प्रकाशित: २८ फाल्गुन २०७६ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App