७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

धूमपानले आँखालाई पनि असर गर्छ

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

धूमपानले आँखा कसरी बिगार्छ ?
चुरोटमा हुने विषाक्त रसायनले आँखालाई हानि पु¥याउँछ नै। उदाहरणका लागि धेरै तामा र लिडजस्ता धातु आँखाको लेन्समा जसरी जम्मा हुन्छन्, त्यसैगरी चुरोटमा रहेको विषाक्त रसायन खुला रूपमा पुपिल्सभित्र जम्मा हुन्छ र लेन्स धुवाँमय बन्छ। धूमपानले मधुमेहले जस्तै रेटिनाका रक्तनली नष्ट गरेर दृष्टि समस्या ल्याउँछ। धूपमान प्रयोगकर्तामा उमेर पुगेका मानिसमा भन्दा तीनगुणा छिटो आँखाको केन्द्र भागमा असर गरेर आँखाको दृष्टि क्षमता घट्दै जान्छ। यसकारण उनीहरूको देख्ने क्षमता घट्दै जान्छ।

त्यस्तै धूमपान प्रयोग नगर्नेभन्दा धूमपान प्रयोगकर्ताको अप्टिक न्युरोप्याथी (दृष्टि नसामा आउने अवरोध) ले आँखामा रक्तसञ्चार बन्द भएर दृष्टि १६ गुणा छिटो गुम्छ।
बेलायतको पोल अस्पतालमा सन् २००६ मा उपचार गर्न पुगेकामध्ये १८ प्रतिशत आँखाको अन्धोपनाको जोखिममा रहेको तथा दृष्टि कमजोर भएको जनाइएको छ। तीमध्ये पनि ७६ प्रतिशत आँखाको क्यान्सरसित सम्बन्धित थिए। संघले धूपमानको प्रयोग बन्द गर्नु नै आँखाको दृष्टि सुरक्षित गर्ने एक मात्र उपाय रहेको र नियमित जाँच गर्न सुझाएको थियो।

चस्माविद् तथा एवपीका क्लिनिकल सल्लाहकार ऐसा फाइजलानीले भने, ‘धूमपान र क्यान्सरको सम्बन्ध धेरै मानिसलाई थाहा छ तर यसको असर आँखामा पनि हुन्छ भन्नेबारे धेरै मानिस सचेत छैनन्, धूमपानले बुढ्यौलीका कारण हुने दृष्टि ह्रासजस्तै दृष्टि क्षमतामा ह्रासको जोखिम बढिरहेको छ, किन धूमपान प्रयोगकर्ता चुपचाप छन् ?’

बेलायतमा १७ प्रतिशत पुरुष, १३ प्रतिशत महिला र करिब ७४ लाख मानिसमध्ये आधाभन्दा बढीले धूमपान छोड्न चाहेको जनाएका थिए। राष्ट्रिय तथ्यांक विभागले सन् २०११ मा धूमपान प्रयोगकर्ता अनुपातको रूपमा घट्दै गएको देखाएको थियो। तर सन् २०१७ मा १८ देखि २४ वर्ष उमेर समूहको ठूलो संख्या धूमपानमा फसिरहेको पाइएको छ। जसमा २ दशमलव ८ मिलियन मानिसमध्ये ५ दशमलव ५ प्रतिशतले चुरोट सेवन गर्ने गर्छन्। उनीहरूले चुरोट छोड्न चाहेको बताएका थिए। एजेन्सीको सहयोगमा

प्रकाशित: २८ असार २०७६ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App