२४ जेष्ठ २०७७ शनिबार
स्वास्थ्य

दुर्गमका डाक्टरको बाध्यता : मोबाइलको उज्यालोमा सुत्केरीको अप्रेशन

जटिल अवस्थाको प्रसूति अप्रेशन गर्दै चिकित्सक ।

रोल्पा– गत फागुन ५ गते रात छिप्पिदै थियो। एकान्त कुनामा रहेको जिल्ला अस्पताल रोल्पाका डा. अनिल केसी र डा. प्रकाश बुढासंगै उनको टोलीले आमा बच्चा दुबै बचाउन अप्रेशनको तयारी गर्दै थियो। मध्यरात १२ बजे सासुसंग दुर्गम गाउँबाट जिल्ला अस्पताल आएकी २६ बर्षीया जुनकुमारीको तुरुन्तै अप्रेशन गर्नपर्ने थियो। ‘तर समस्या भयो। जुनकुमारीका श्रीमानले आफू नआउँदै अप्रेशन नगर्नु भने’, डा. अनिलका अनुसार आधा घण्टामा जसरी भए पनि आउँछु भनेका उनी ३ घण्टापछि मादक पदार्थ खाएर अन्कन्ट्रोल हुँदै आए।

पहिलो बच्चा जन्माउन छटपटिएकी जुनकुमारी ‘जीबन मृत्यु’को बीचमा थिइन। ‘बच्चाले पेटमै दिसा गरेको अनि धड्कन कम पनि थियो। धेरै ढिलो भएकाले अपे्रशन गर्नु रिस्क थियो। बाहिर लैजान सक्ने अबस्थामा परिवार थिएन। परिवारलाई बच्चा नबाच्न पनि सक्छ भन्यौं। श्रीमानले अप्रेशन गरिदिनुस, सकेसम्म बचाइदिनुस भने।’ सिमित साधनस्रोत भएको अस्पतालमा रिस्कका साथ अप्रेशन नगरी नहुने भयो। नगर्दा आमा बच्चा कै ज्यान जोखिम हुने भएकाले डाक्टरले अप्रेशन सुरु गरे।

‘स्याड ...। भर्खर अप्रेशनका लागि आधि पेट चिरेको थिए बत्ति गयो। तुरुन्तै कार्यालय सहयोगीले जेनेरटर चलाएको त्यसको पनि तार चुडियो। जे नहुनु थियो सबै भयो। उपाय केहि थिएन। मोबाइलको टर्च बाल्यो अनि अप्रेशन कन्टिनीयु गरियो’, डा. अनिल बोल्दा बोल्दै गम्भीर बने, ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन। म्युकोनियममा लतपतिएको थियो। आमाको पेट चिरेको घाउमा टेट्रा (गज प्याक) गरेर छोडे। बच्चालाई इमरजेन्सी स्वास प्रश्वासका लागि ब्यागिङ (नलि राखेर कृतिम स्वास प्रश्वास) सुरु गरे। माई गड अलि सुधार आयो।’ यसरी अप्रेशनका समयमा बत्तिले धोका दिएको यो पहिलो पटक भने होइन। अस्पतालका चिकित्सक समय समयमा आउने यो समस्याबाट हैरान छन्। 

बच्चा बाच्न सक्ने सम्भाबना देखेका डाक्टर केहि छिनमा फेरि आमातिर फर्के। ‘यति बेरमा आमाको पाठेघर खुम्चेर कडा हुनुपर्ने तर भएन। खुम्चाउन प्रयोग गरिने सबै उपाय गरिए पनि सुधार भएन। फेरि तनाब भयो। ‘अप्रेशन गाउन’ मै मलाई पढाएका सिनियर सरलाई फोन गरेर सल्लाह मागे। उहाँकै सल्लाहमा पिभि ‐योनी जाँच) गर्दा रगत नबगेकाले पेटलाई सिलाएर बन्द गरियो। तर लामो समय र जटिल प्रसुति भएकाले ब्लिडिङ धेरै भएको थियो। आमालाई तुरुन्तै रगतको आबश्यकता प-यो। छलफल ग-यौं। परिवारका सदस्यको टेस्ट ग-यौ। ब्लड ग्रुप कसैको मिलेन।’ 

दुर्गम जिल्ला। रिफर गरेर पठाउने नजिकमा अर्को अस्पताल छैन। ब्लड बैङ्क छैन। डाक्टरले आमा बचाउनुको एउटा मात्र बिकल्प देखे। ‘उपाय केहि थिएन। हाम्रो टोलीमा ‘एबी पोजेटिभ ब्लड’ मेरो मात्र थियो। उनलाई चाहिएको पनि त्यहीँ। बिहान पख म आफैले रगत दिए’, डा. अनिलले भने, ‘हामीलाई सधै सताउने समस्या नै रगतको पनि हो।’ भित्र आफै बिरामीको अप्रेशन गरेर बाहिर निस्केका डाक्टरले बिरामीलाई यसरी रगत दिएको यो पहिलो घटना भने होइन। ‘धेरै पटक अरु स्टाफले पनि दिनु हुन्छ। के गर्नु आमाको ज्यानको सवाल हुन्छ। हाम्रो रगतले कसैको जीबन बच्छ भने दिउ भनिन्छ।’

आमाको अबस्था अब नर्मल थियो। तर बच्चा रिफर गर्न पर्ने। बाबुलाई भनेको अलि बाङ्गो कुरा गर्न थाले। डाक्टरले आफ्नो कमजोरी लुकाउन मरेको बच्चा निकालेर अन्त पठाउन खोज्दै छ भन्न थाले। अरु पनि जम्मा भएर लामो समय बबाल गरे। धेरै बेरको काउन्सिलिङ पछि उनी बच्चालाई नेपालगञ्ज अञ्चल अस्पताल लैजान राजी भए। तर उनिसंग पैसा रहेनछ। भएको अलि अलि हिजो राति रक्सीमा सकियो। केहि उपाय चलेन। बच्चालाई नपठाई नहुने। बोल्दा बोल्दै नमिठो अनुहारमा देखिएका डा. अनिल बिरामीका आफन्तले त्यतिबेला लगाएको आरोपमा मन दुखाएको बुझ्न सकिन्थ्यो। 

‘ओटी र अस्पतालकै अन्य स्टाफले सल्लाह गरेर आफै पैसा उठायौं। एम्बुलेन्स खर्च र अलिअलि रकम जम्मा गरेर उनलाई बाहिर पठायौ’, डा. अनिल एकाएक उज्यालो अनुहार बनाउँदै बोले, ‘सात दिन भएको थियो। ओपिडिमा बिरामी हेर्दै थिए। एकजना मान्छे बच्चा बोकेर सिधै कोठामा छि¥यो। को रहेछ भनेर हेरेको उहि जुनकुमारी श्रीमान। आँखा भरी आँशु ल्याएका उनले पश्चाताप गरे। बच्चा पनि नर्मल। आमाको पनि टाका काटियो। खुसी हुँदै उनिहरु घरतिर लागे।’ उनिहरु खुसी भएजस्तै हसिलो अनुहारमा डा. अनिलले भने, ‘दुर्गममा सेवा गर्न गाह्रो छ। अभावका बीचमा उपचार गर्नुपर्छ। साधनस्रोतको कमी छ।’

अन्यत्र जस्तो निजी क्लिनिक नजाने रोल्पामा डाक्टरहरु बिहानैदेखि भरे अबेलासम्म बिरामीको माझमै भेटिन्छन। ‘हामी रोल्पालीले गर्व गर्नुपर्छ। चौबिसै घण्टा बिरामीको सेवामा लाग्ने डाक्टर कहि देखिएको छैन। यहाँका डाक्टरको निजी क्लिनिक छैन। अस्पताल बाहिर गएर आजसम्म बिरामी जाँच गर्ने, पैसा कमाउने भन्ने कहिल्यै देखिएन। बिदा मिलाउँदै घर जाने गरेको पनि देखिएको छैन। अस्पतालमा जतिबेला बिरामी आए पनि डाक्टर भेट्न सक्छ। हाम्रो अस्पताल एक प्रकारले पारिवारिक जस्तो छ’, अस्पताल विकास समितिका पूर्ब सदस्य आकाश वलीले बताए।

जिल्ला अस्पताल रोल्पामा पटक पटक पर्ने बत्तिको समस्याका बारेमा जानकार भएर पनि सरोकारवाला कोहि कसैले समस्या समाधानमा चासो दिएका छैनन्। भौतिक संरचना असहज छ। पर्याप्त दरबन्दी र सेवा सुबिधा छैन। तर अत्याबस्यक समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित: २१ पुस २०७५ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App