नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको क्षतिपूर्तिको फैसलाप्रति असहमति जनाउँदै संघले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएपछि बीर अस्पतालमा बिरामीहरूको बिचल्ली भएको छ। बिरामीहरू स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन्।
प्रकाशित: २३ असार २०८२ १४:४५ सोमबार





