१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेलले खाना खान थाले

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेले मंगलबारसम्म पनि उपचारमै छन्। गत शनिबार भर्ना भएका मन्त्रीको  स्वास्थ्यमा सुधार हुँदै गएको वीर अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दिलिप शर्माका अनुसार पौडेलको ज्वरो कम हुँदै गएको र स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ।

मन्त्री पौडेललाई ज्वरो आउने, झाडापखाला लाग्ने जस्ता लक्षण देखिएपछि शनिबार भर्ना भएका थिए।

मंगलबारसम्मको स्थिति हेर्दा मन्त्रीमा एक्युड ग्याष्ट्रोइन्ट्रो (झाडापखाला) भएको देखिएको अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले बताए। स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेलले खाना खान थालेको गैरेले बताए।

मन्त्री पौडेले बिरामी हुनु अघि केही दिनको थाइल्याण्ड भ्रमणबाट फर्केका थिए।

प्रकाशित: १७ असार २०८२ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App