१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको नयाँ भेरिएन्टबाट महिलाको मृत्यु, थप सात जनाको उपचार जारी

कोरोनाको नयाँ भेरिएन्टका कारण नेपालमा एक महिलाको मृत्यु भएको छ । नयाँ भेरिएन्टबाट मृत्यु हुने उनी पहिलो नेपाली हुन् ।

संक्रमित ४० वर्षीया ती महिला इलामको सूर्योदय नगरपालिकाकी भएको र उनको उपचारको क्रममा  विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मंगलबार बिहान ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार, उनी बाहिरबाटै संक्रमण पुष्टि भएर उपचारका लागि आएको र अवस्था अन्तिम रहेकाले उपचार प्रभावकारी हुन नसकेपछि मृत्यु भएको हो । उनीमा हेपाटाइटिस समेत देखिएको थियो । 

सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो । एक सातादेखि श्वास फेर्न अप्ठेरो भएपछि उनलाई उपचारका लागि भर्ना गरिएको थियो ।  

यद्यपि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भने उनको मृत्युबारे अनुसन्धान भइरहेकाले तत्काल केही जानकारी दिन नसक्ने बताएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले आफूहरूमा मृत्युबारे खबर आएको र सोबारे अनुसन्धान सुरु गरेको बताए । अनुसन्धानपछि आधिकारिक जानकारी दिने उनको भनाइ थियो । 

कोशी सरकारका अनुसार, झापाका ४, मोरङका २ र इलामका एक जना संक्रमितको उपचार जारी छ । संक्रमित इलामकी ती महिलाको भने आज मृत्यु भएको हो । 

प्रकाशित: १० असार २०८२ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App