६ असार २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

निजामती अस्पतालमा सन्ध्याकालीन सेवा सुरु

निजामती कर्मचारी अस्पतालमा आइतबारदेखि सन्ध्याकालीन सेवा हुँदै छ। नियमित सेवाभन्दा चार घण्टा दिने गरी यो सेवा दिने तयारी भएको अस्पतालले जनाएको छ।

विभिन्न गुनासो तथा मागको कारण अस्पतालले सेवा अवधि वृद्धि गरेको संघीय सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निजामती अस्पताल विकास समितिको गत वैशाख २२ गतेको बैठकको निर्णय अनुसार अस्पतालमा सन्ध्यालीन सेवा सुरु गर्ने तयारी भएको हो।

अस्पतालका मेडिकल विभाग प्रमुख डा. विदेश बिष्टका अनुसार सन्ध्याकालीन सेवा तयारी अवस्थामा रहेको छ।निजामती कर्मचारीको हकमा सहुलियत शुल्कमा नै सेवा जारी दिइने र सर्वसाधारणको हकमा थप शुल्क तिर्नु पर्ने गरी व्यवस्था गरिएको डा. विष्टले जानकारी दिए।

चार घण्टासम्म सबै खालको सेवा हुने भएकाले कर्मचारीले कार्यालय समय सकिएपछि पनि सेवा लिन सक्ने छन्।

प्रकाशित: ४ जेष्ठ २०८२ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App