९ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

पेटसम्बन्धी दुई औषधि गुणस्तरहीन फेला, बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ।

‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो।

उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ।

विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नं का औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ।

प्रकाशित: ८ वैशाख २०८२ १६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App