२४ चैत्र २०८१ आइतबार
image/svg+xml ०:६ पूर्वाह्न
स्वास्थ्य

सिन्धुलीमा ७४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

सिन्धुलीको फिक्कल गाँउपालिकास्थित सुनकोसी माध्यमिक विद्यालय खाङसाङमा बालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिरः अनिल भण्डारी/नागरिक

सिन्धुलीमा हालसम्म १० हजार ८ सय २१ जनाले एचपिभी खोप लगाएका छन् । मंगलबार सुरु भएको खोप अभियानमा हालसम्म ७४ प्रतिशत बढीले खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

सरकारले कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाउन देशैभर अभियान सञ्चालन गरिरहेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जिल्लाभर उत्साहजन रुपमा किशोरीहरुले खोप लगाइरहेको बताए ।

उनले भने, जिल्लाका सबै पालिकाभित्रका विद्यालयहरुमा धमाधम खोप लगाउने काम भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले खोप सबैले लगाउन आवश्यक भएको र माघ २८ गतेसम्म सञ्चालन हुने भएकाले जिल्लाभरका तोकिएका उमेर समुहका किशोरीहरुले खोप लगाउने विश्वास व्यक्त गरे । व्यक्ति स्वास्थ भए उसले भविष्य राम्रो बनाउन सक्छ त्यसैले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान आएको हो, उनले भने, अहिलेका किशोरी भविष्यका कर्णधार हुन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा १४ हजार ६ सय २२ जना किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित: २४ माघ २०८१ १९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App