२४ पुस २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क बेडको व्यवस्था कार्यान्वयन गर्न देशभरका अस्पताललाई मन्त्री पौडेलको निर्देशन

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अति विपन्नको नाममा व्यवस्था रहेको १० प्रतिशत निःशुल्क बेडको व्यवस्थालाई कार्यान्वयन गर्न देशभरका सवै अस्पतालहरुलाई निर्देशन दिएका छन् ।  

कुल बेड संख्याको १० प्रतिशत वेड संख्या उपचार गर्न नसक्ने बिरामीका लागि व्यवस्था रहेको जानकारी दिँदै उनले त्यसलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।  

ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठ्ठाघरमा सञ्चालन गर्न लागिएको नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयूको सोमबार भक्तपुरमा उदघाटन गर्दै मन्त्री पौडेलले सकेसम्म त्यसलाई सार्वजनिक गर्नसमेत आह्वान गरे ।  

'सक्नुहुन्छ भने एक दिनमा वा एक हप्तामा वा एक महिनामा ककसले निःशुल्क बेडको सेवा लिए नाम र फोटै अस्पतालमा टास्नुहोला,' उनले भने, 'यसले पैसा भएर पनि निःशुल्क बेड सेवा लिने सोच भएकाहरु हतोत्साहित पनि हुनेछन् ।'

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर दश हजार वढी अस्पतालहरु सञ्चालनमा छन् । तर तिनीहरुले निःशुल्क बेडको यो व्यवस्थालाई कडाइका साथ पालना गरेका छैनन् ।

प्रकाशित: २२ पुस २०८१ १८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App