धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ। हाल उनी भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचाररत छन्।
भाइ श्याम हमालका अनुसार, नगरप्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको छ। तर अझै केही समय निगरानीमा राखेर थप उपचार अगाडि बढाइने छ। उनका अनुसार हाल उनलाई न्युरो इन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा निगरानीमा राखिएको छ।
शुक्रबार राति स्वास्थ्य समस्या भएपछि प्रारम्भिक उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली पठाइएको हो।
प्रकाशित: २५ मंसिर २०८१ ०८:२५ मंगलबार