११ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

'पाँच नयाँ संक्रामक रोग मध्ये तीन वटा जनावरबाट आयातित'

विश्वमा देखिएका नयाँ रोगहरू मध्ये ७० प्रतिशत जनावरबाट मानिसमा सरेको अधिकारीहरूले बताएका छन्।

जुनोटिक रोगको जोखिम न्यूनीकरणका लागि ‘एक स्वास्थ्य अवधारणा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकारीहरूले बताए अनुसार विश्वमा करिब ७० प्रतिशत रोगहरू जनावरबाट मानिसमा सरेको छ।

विशेष गरी पछिल्लो समय कोभिड १९, इबोला, मर्स, रेबिज जस्ता संक्रामक रोगहरू जनावरबाट मानिसमा परेको हो, जसले महामारीको रूप लिएको थियो। अधिकारीहरूले बताए अनुसार पाँच नयाँ रोगहरू मध्ये तीन वटा जनावरबाट मानिसमा सरेको देखिएको छ।

कार्यक्रममा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा शेर बहादुर पुनले जुनोटिक डिजिजको जोखिम भएको बताए। जनावरबाट मानिसमा सर्ने रोगलाई जुनोटिक डिजिज भनिन्छ। पछिल्लो समय स्यालले टोकेका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको पुनले बताए। बिगतमा मान्छे देख्दा भाग्ने स्यालहरू अहिले हुलमा आक्रमण गर्न हिँडिरहेका छन्।

डा पुनले पछिल्लो समय अस्पतालमा कुकुरले टोकेर आउने मानिसको संख्यामा पनि वृद्धि भएको बताए।

अध्ययनहरूले बताए अनुसार विश्वमा हरेक रात ८ करोड भन्दा बढी मानिस भोकै सुत्छन्। त्यति मात्र हैन, विश्वमा अहिले जति मासुको आवश्यकता छ,  २०५० सम्ममा त्यो दर ७० प्रतिशतले वृद्धि हुने देखिएको छ। तर, जनावरमा देखिएको रोगका कारण उत्पादन दर २० प्रतिशतले घटिरहेको छ। अधिकारीहरूले मानव–वन्यजन्तु बिचको अन्तर द्वन्द्वलाई कम गराउन जरुरी भएको बताएका छन्।

प्रकाशित: २३ मंसिर २०८१ १८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App