१९ माघ २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

धनगढीका मेयर हमाल म्याक्स अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ।

उनकी छोरी आर्जुले यसबारे जानकारी दिएकी हुन्। उनका अनुसार डाक्टर विकास रिजाल आफैँले सबै कुराको सुपरिवेक्षण गरिरहेका छन्।  

उनले लेखेकी छिन्, “मलाई मेरो देश र मेरो शहर मनपर्छ। म चाहन्छु कि हामीसँग राम्रो स्वास्थ्य सेवा प्रणाली होस्। हामीले स्वास्थ्य सेवाको खोजीमा लामो दुरीको यात्रा गर्नु दुखको कुरा हो।”  

यसअघि नगरप्रमुख हमालको सचिवालयले शुक्रबार राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली रेफर गरिएको जानकारी दिएको थियो।  

श्वास फेर्न समस्या भएपछि शुक्रबार नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि दिल्ली पठाइएको हो।  

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका हुन्। उनलाई दिल्लीको म्याक्समा भर्ना गरिएका परिवारले जानकारी दिएको छ।  

प्रकाशित: २३ मंसिर २०८१ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App