१२ पुस २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एमटिवी-एआरआइफलाई विश्व स्वास्थ्य सङ्गठनको दियो गुणस्तर मान्यता

क्षयरोग परीक्षणमा प्रयोग हुँदै आएको मलिक्युलर परीक्षणको लागि एक्सपर्ट एमटिवी/एआरआइफ अल्ट्रालाई प्रिक्वालिफिकेशन उच्च गुणस्तर मान्यता प्रदान गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले हालै  प्रेस विज्ञप्ति जारी गरी उच्च गुणस्तर प्रदान गरेको जनाएको हो।

मलिक्युलर परीक्षण शरीरको कुनै पनि भागमा भएको क्षयरोगको परीक्षण गर्न प्रयोग हुन्छ। मस्तिष्क, फोक्सो, हड्डी लगायत विभिन्न भागको अङ्गको क्षयरोग पत्ता लगाउन र क्षयरोगमा भएको औषधी प्रतिरोध परीक्षण गर्नको लाग पनि प्रयोग हुन्छ। यो परीक्षणको उच्च गुणस्तरको मान्यता पाउने एमटिवी ÷ एआरआइफ अल्ट्रा पहिलो प्रविधि हो। यस अघि यो कम्पनीले उत्पादन गरेको उपकरणलाई विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिए पनि उच्च गुणस्तरको मान्यता यस पालि प्रदान गरेको हो।

डब्लुएचओका सहायक निर्देशक डा युकीको नाकातानीले भने,  ’यो पहिलो क्षयरोग पहिचानको लागि प्रिक्वालिफिकेशन विश्व स्वास्थ्य सङ्गठनका लागि महत्त्वपूर्ण कोसेढुंगा हो’जसको कारण उच्च गुणस्तरीय क्षयरोग परीक्षणहरूको पहुँच विस्तार गर्न,सुरक्षा र कार्यक्षमता मापदण्डहरू पूरा गर्न मद्दत पु¥याउँछ।,’

विश्व स्वास्थ्य संगठनका अनुसार, यस परीक्षणको गुणस्तर क्षयरोग निदान र उपचारमा सुधार ल्याउनुका साथै उच्च गुणस्तरीय निदान परीक्षणहरूको पहुँच सुनिश्चित गर्छ। सन् २०२३ मा विश्वव्यापी रूपमा ८२ लाख नयाँ क्षयरोगी  पत्ता लगाएको थियो।

विगत धेरै वर्षदेखि यो प्रविधि प्रयोगमा आएको र विश्वका धेरै देशहरूले क्षयरोगको निदानमा यो  प्रविधि प्रयोग गर्दै आएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताए। नेपालमा १ सय १७ वटा केन्द्रबाट १ सय ३१ वटा मलिक्युलर परीक्षण मार्फत परीक्षण भइरहेको उनले बताए। कुनै पनि उपचारमा प्रयोग हुने प्रविधि या औषधी विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भएमा खरिद कम्पनी र बोलपत्र गर्ने कार्यालय दुवैलाई सहज हुने डा. श्रेष्ठले बताए। 

प्रकाशित: २१ मंसिर २०८१ १८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App