१८ माघ २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

फेरिएको स्वास्थ्य मन्त्रालय होइन्, सुधारिएको बनाउँछौँ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन्। बिहीबार  काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

मन्त्री पौडेलले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभइ सुधारिएको स्वास्थ्य मन्त्रालय  बनाउने गरी अघि बढेको दाबी गरेका छन्। उनले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस गराउन सक्नुपर्ने उनको भनाई छ।  

मन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सीमित श्रोत साधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताएका छन्। निजी स्वास्थ्य संस्थाहरूले नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने उनको सुझाव छ।  

उनले भने, ‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ। स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस हामीले गराउन सक्नुपर्छ। त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभुति गर्नसक्छौँ।’  

उनले थप्दै भने, ‘स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी लिनुभएका व्यक्तिहरूलाई समाजले फरक ढङ्गबाट बुझ्न सक्नुपर्छ। मलाई मेरो पीडा मुक्त गरिदिने मान्छे हो भनेर। यसले देशको सेवा गरिरहेको छ। यसले समाजमा धेरै ठूलो योगदान पुर्याएको छ। स्वास्थ्य मन्त्रालयमा जिम्मेवारमा रहेका हरेकले शिर निहुराएर, समाजले त्यसरी बुझ्ने पहिचान बनाएर जान सक्नुपर्छ ।’  

मन्त्री पौडेलले एक लाखको बीमालाई ५ लाख पुर्याउने, श्रोतको पक्षबाट बीमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताए। 

प्रकाशित: १३ मंसिर २०८१ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App