आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता न्युजिल्याण्डले २.३ मिलियन अमेरिकी डलर बराबरको पुरस्कार जितेको छ। जुन नेपाली ३० करोड ८७ लाखभन्दा बढी हो।
आइतवार भएको फाइनल खेलमा साविक उपविजेता समेत रहेको साउथ अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्डले पहिलोपटक उपाधि हात पारेको हो।
उपाधिसँगै न्युजिल्यान्डले ठूलो राशि बराबरको पुरस्कार पनि हात पारेको छ।
त्यस्तै उपविजेता साउथ अफ्रिकाले १.७ मिलियन डलर अर्थात् नेपाली झन्डै २२ करोड ८२ लाखभन्दा बढीको पुरस्कार पाएको छ।
यस्तै प्रतियोगितामा सहभागी प्रत्येक १० टिमले २ करोड २६ लाख भारतीय रुपैयाँ पाएका छन्।
प्रकाशित: ५ कार्तिक २०८१ १२:३९ सोमबार