२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ। नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो।

मङ्गलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आउनु भएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रश्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा पौडेलले जानकारी दिए। शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि अस्पतालले सामान्य प्रसूति सेवा दिने गरेको थियो। बागलुङमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरि अस्पतालमा मात्रै शल्यक्रियामार्फत प्रसूति गराइँदै आइएको थियो।

'आमा सुरक्षा कार्यक्रमअन्तर्गत परिवार कल्याण महाशाखाले गत भदौ १६ गते नगर अस्पताललाई शल्यक्रियामार्फत प्रसूति गराउने अनुमति दिएको थियो', डा पौडेलले भने। उनले भने, 'अब यो सेवा लिन अन्यत्र जानु पर्दैन्।'

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले अब यस क्षेत्रका गर्भवतीलाई नगर अस्पतालमै सुरक्षित रुपमा प्रसूति गराउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्दै जाने बताए।

प्रकाशित: २३ आश्विन २०८१ १७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App