२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

परोपकार प्रसुती अस्पतालमा दशैं-तिहार बिदामा पनि उपचार हुने

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ।

सोमबार अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन्।

दसैँ, तिहार लगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरुमा पनि हुने गर्दछ। ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए। उनले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए।

अस्पतालले दसैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिने गर्दछ। तर ती सार्वजनिक बिदाको दिनमा ओपिडी सेवा बन्द भएपनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुने गरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताए।

उनले भने, ‘हामी पहिले नै प्रिपिएर भएर बस्छौँ ड्युटीमा रहेका कुनैपनि डाक्टरले बिदा नलिने भनेर। त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ। उहाँहरूले आफ्नो ग्रुपमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने। यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौँ। र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौँ। बच्चा कम चल्यो । मानौँ, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो । अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरूलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने उहाँहरूले बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाईरेक्ट आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ । तर बिदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन । किनभने हामी ड्युटीमा कम्तीमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरू १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन्।’ 

प्रकाशित: २१ आश्विन २०८१ १७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App