८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

के पुरुषमा प्रजनन् स्वास्थ्यको समस्या हुँदैन ?

प्रजनन् स्वास्थ्य भनेको महिला र पुरुष दुबैका लागि महत्त्वपूर्ण हुन् । किनकी महिलामा मात्रै प्रजनन् क्षमता हुँदैन। पुरुषमा पनि हुन्छ। त्यसकारण महिलामा मात्रै प्रजनन् स्वास्थ्यसँग सम्बन्धित समस्या आउँछ भनेर सोच्नु गलत हो।

नेपाली समाजमा प्रजनन्सँग सम्बन्धी समस्या भयो भने सबैभन्दा पहिले महिलालाई बुुझ्ने परम्परा छ। तर, विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ५५ प्रतिशत पुरुष प्रजनन् स्वास्थ्य समस्याबाट पीडित छन् भने १८० मिलियन दम्पत्ति बाझोपनको समस्याबाट पीडित छन्।

डेनमार्कको आरहुस यूनिभर्सिटीले सन् २०२१ मा गरेको अध्ययन अनुसार खराब वातावरण भ्रुणको स्पर्म उत्पादन र प्रजनन् अङ्गको विकासका लागि हानिकारक हुन सक्छ। कम तौल भएर जन्मिने बच्चामा ठूलो भएपछि फर्टिलिटीको समस्या हुने गरेको लण्डनले ह्युमन रिप्रोडक्टिम जर्नलमा प्रकाशित गरेको छ।

अध्ययनमा सामान्यदेखि १० प्रतिशत कम तौल भएका ५५ प्रतिशत मानिसमा यो समस्या भएको पाइयो। जुन अध्ययनमा महिलालाई सहभागि गराइएको थिइएन। रिसर्च टीमका अनुसार यस अध्ययनमा कस्ता स्वास्थ्य समस्या भएकालाई सहभागि गराइयो त्यो पनि महत्वपूर्ण रहेको छ।

अध्ययनमा गर्भवति महिलाले धूम्रपान गर्ने गरेको अवस्थामा त्यसको प्रत्यक्ष असर गर्भमा रहेको शिशुमाथि पर्न जाने बताइएको छ। सुरुआतमै बच्चामाथि यसको असर नदेखिएपनि लामो समयपछि बच्चाको शरीरमा यसको गलत असर देखिन थाल्छ।

अध्ययनमा १९८४ देखि १९८७ का बीचमा जन्मेका ५ हजार ५ सय ९४ जना पुरुषलाई सहभागि गराइएको थियो। अध्ययनकर्ताले ८ दशमलव ३ प्रतिशत मानिसको तौल आफ्नो जन्मको समय २ दशमलव ८ किलोग्राम थियो उनलाई पछि गएर प्रजनन् स्वास्थ्यको समस्याबाट गुज्रिनु परेको थियो।

आरहुसका अध्ययनकर्ताका अनुसार अध्ययनमा ३० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूलाई सहभागि गराइएको थियो। 

प्रकाशित: ८ आश्विन २०८१ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App