२० मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

माघको दोस्रो सातायता डेङ्गीबाट ४ जनाको मृत्यु, झन्डै सात हजारमा सङ्क्रमण

डेङ्गी सङ्क्रमणबाट माघको दोस्रो साता यता चार जनाको मृत्यु भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सङ्क्रमित ६ हजार ८३१ मध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो।

अहिले पनि डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहेको उल्लेख गर्दै ईडीसीडीले हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

तनहुँमा सबैभन्दा बढी १ हजार १४९, कास्कीमा ७६४, पर्वतमा ६५७, काठमाडौँमा ५५२, चितवनमा ५३३, गोरखामा २६२, झापामा १६८, मकवानपुरमा १२५, ललितपुरमा ११९ र स्याङ्जामा ११५ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।

ईडीसीडीको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३ हजार २२९ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै बागमतीमा १ हजार ७२३, कोशीमा ८१५, लुम्बिनीमा ४७४, सुदूरपश्चिममा ३७९, मधेसमा १०६ र कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन्।

प्रकाशित: १८ भाद्र २०८१ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App