६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बिरामीलाई अस्पताल बाहिरको पसलमा औषधि किन्न कर्मचारीकै सिफारिस

सुर्खेतको पूर्वी क्षेत्रमा रहेको मेहलकुना अस्पतालमा बिरामीको आफन्तलाई औषधि किन्न बजारमा पठाउने गरेको पाईएपछि रोक लगाइएको छ । महंगोमा बजारमा स्वास्थ्यकर्मीले नै पठाउने गरेको पाइएपछि अस्पताल प्रशासनले त्यसो गरे कारबाही गर्ने परिपत्र गरेको हो ।  

अस्पतालभित्र रहेको फार्मेसीमा पाईने औषधि तथा सर्जिकल्सजन्य सामग्रीहरु बिरामीका आफन्तले अस्पतालका कर्मचारीको मिलोमतोमा बाहिरबाट किन्न लगाउने गरेको गुनासो आएसँगै सुचना जारी गरेको जानकारी दिँदै अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोजन सापकोटाले अब पनि त्यसो भएको पाइए कारबाही हुने बताए ।  

अस्पताल फार्मेसीमा उपलब्ध भएको औषधि पनि प्राईभेट क्लिनिकबाट बिरामीका आफन्तले किनेर ल्याएको गुनासो मेसु तथा अस्पताल विकास समितिका अध्यक्षसँग आएकाले अब त्यसो भए कारबाही गरिने पत्र जारी भएको छ । 

बिरामीहरुको सुविधाका लागि अस्पताल व्यवस्थापन तथा सुधारका लागि कामहरु भईरहेको मेसु सोपकोटाले बताए ।  

प्रकाशित: २९ श्रावण २०८१ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App