४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चापाकोट र कालीमाटीमा पनि देखियो हैजा, अहिलेसम्म १० जनामा पुष्टि

दुई सातादेखि देशका विभिन्न भागमा हैजा संक्रमण देखिने क्रम जारी छ। यसैबिच थप तीन जनामा हैजाको लक्षण देखिएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

उनीहरूको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। महाशाखाकाको अनुसार उपत्यकाको एक जना चापाकोट, एक जना कालीमाटी र अर्को एक जना थैवबाट आएका हुन।

उनीहरु शुक्रवारदेखि भर्ना भएका हुन र उनीहरूको कल्चरको रिपोर्ट आउन बाँकी छ। उनाीहरुको लक्षण भने हैजाकै जस्तै देखिएपनि भर्ना गरी उपचारमा राखिएको छ।

यसअघि नै उपत्यका र उपत्यका बाहिर गरी १० जनामा हैजा पुष्टि भइसकेको छ। हैजा पुष्टि हुनेहरूमा सात जना उपत्यका भित्र ७ जना  र तीन जना धनगढीका छन्। हैजा सहित देशका विभिन्न भागमा झाडापखालाको संक्रमण पनि बढिरहेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए। ‘केही दिनदेखि यता झाडापखालाको पनि टे«न्ड बढेको देखिन्छ’ उनले भने। 

प्रकाशित: १३ श्रावण २०८१ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App