३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सेतो दुबी देखियो, यसरी गर्नुहोस् उपचार

अनुहारसहितका छालामा सेतो दुबी आयो भने मानिसको स्वरुप नै परिवर्तन भएर जान्छ । कुनै न कुनै पोषक तत्वको कमी भयो भने छालासम्बन्धी समस्या देखिन थाल्छ । यसैको एक उदाहरण हो दुबी ।  

सेतो दुबी भएपछि मानिसको छालाको रंग परिवर्तन भएर जान्छ। छालाको रंग बनाउन सहयोग गर्ने कोशिकाहरु जसलाई ‘मेलेनोसाइट्स’ भनिन्छ । यो नष्ट हुँदै जाँदा सेतो दुबीको समस्या हुन्छ । सूर्यको सम्पर्कमा आउने छालामा अझ बढी यसको प्रभाव देखिन्छ । कसैकसैलाई चिलाउने र पोल्ने पनि समस्या देखिन्छ ।  

सेतो दुबी भिटामिन बी १२ को कमीले हुन्छ। यसको कमी पूरा गर्न दूध, दही, ओट्स, पनीर, च्याउ जस्ता खानेकुरा सुरुवातबाटै आवश्यकताअनुसार लिनु पर्छ।  

सेतो दुबी कम गर्न बजारमा पाइने विभिन्न प्रकारका मल्हमभन्दा घरायसी उपचार नै उत्तम मानिएका छन् । सेतो दुबी कम गर्न एन्टीफंगल गुण भएको तुलसीका पातको पेस्टमा कागतीको रस मिसाएर लगाउनुहोस् । राहत मिल्छ । एलोवेरा जेलमा पनि एन्टीफंगल र एन्टीमाइक्रोबियल गुण हुन भएकाले सेतो दुबीमा फाइदा मिल्छ ।

प्रकाशित: ७ श्रावण २०८१ १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App