२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपाल सरकारको प्राथमिकतामा ५२ संक्रामक रोग

नेपाल सरकारले प्राथमिकतामा रहेका विभिन्न ५२ संक्रामक रोगको सूची सार्वजनिक गरेको छ। सोमवार उक्त सूची राजपत्रमा प्रकाशित भएको हो। जनस्वास्थ्यको महत्त्वमा परेका र व्यवस्थापनको प्राथमिकतामा रहेका रोगहरू संक्रामक रोगको सूचीमा राखिएको इपिडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

नयाँ अन्य रोगहरू भए पनि अहिले प्राथमिकतामा परेका रोगहरू मात्र सूचीमा समावेश गरेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरले बताए। ‘अरू नयाँ रोगहरू पनि छन्, अहिले जनस्वास्थ्यको हिसावले व्यवस्थापन गर्नै पर्छ भनिएका रोगहरू भन्ने संकेतको रूपमा सूचीमा समावेश गरिएका रोग हुन’ उनले भने।

राजपत्रको प्रकाशित सूची अनुसार रेविज, क्षयरोग, एथ्रेंक्स, पोलियो, कोभिड १९, दादुरा,डेंगु, हांडे, टोक्सोप्लाज्मोसिन, जापानिज इन्सोफलाइटिस, इबोला भाइरस डिजिज, हैजा, धनुष्टंकार, साल्मोनेलोसिस, हात्तीपाइले, एचआइभी एड्स, क्रिमियन काङ्गो हेमारेजिक, जुनोटिक सिजनल, इन्फुलुन्जा, मारवर्ग भाइरल डिजिज, स्क्रव टाइफस, सार्स समावेश छन्।

त्यसैगरी म्यादे ज्वरो, कमलपित्त, कालाजार, एमइआरएस, रोटाभाइरस, प्लेज, लिजियोनेलोसिस, रुबेला, लेप्टोपाइरोसिस, इचिनोकोकोसिस र हाइडैटिडोसिस, भ्यागुते रोग, निमोकोकल निमोनिया, एपक्स, बिफर, कमलपित्त बी, एल्लो फिभर, औलो ज्वरो, सिस्टिसर्कोसिस टेनियास, ब्रुसेलोसिस, चिकनगुनिया, कुष्ठरोग, जिका, लहरेखोकी, क्यु फिवर, लासा फिवर, कमलपित्त सी, निपाहा भाइरस इन्फेक्सन र रिप्ट भ्याली फिवर छन्।  

प्रकाशित: २५ असार २०८१ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App