२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दृष्टि पुर्नस्थापनाको समर्थनमा अलेकज्याण्डरको ४० हजार किमी पैदल यात्रा

उनी माइलौ पैदल यात्रा गरिरहेका छन्। यो यात्रा आफ्नो लागि नभएर पुनर्स्थापित गर्न सकिने दृष्टिविहीनलाई सहयोग गर्नको लागि हो। उनी हुन अष्ट्रेलियन नागरिक पदयात्री अलेक्ज्याण्डर क्याम्पबेल। स्थित फ्रेड हलोज फाउण्डेशनको हटाउन सकिने अन्धोपनको लागि दृष्टि पुनर्स्थापित गर्ने प्रयासलाई समर्थन सहयोग संकलन गर्न हिँडेका हुन।

उनी गत साता नेपाल आइपुगेका हुन भने शुक्रवार नेपाल आँखा प्रतिष्ठान तिलगंगाका कार्यकारी डा. सन्दुक रुइतलाई भेट गरी अस्पतालको अवलोकन गरेका छन्। ‘फाउण्डेशनले सहयोग गरेको संस्थामा भइरहेको काम प्रत्यक्ष हेर्दा खुसी लागेको छ’उनले शुक्रवार तिलगंगा अस्पतालमा भने।

सन् २०२३ फेब्रेवरीदेखि पैदल यात्रा मार्फत सहयोग संकलन गर्ने र दृष्टि पुनर्स्थापित गर्ने अस्पतालहरुमा सहयोग प्रदान गर्दै आएका छन्। नेपालमा हुने पैदल यात्रा मार्फत संकलन हुने पैसा फ्रेड हलोज फाउण्डेशनको साझेदारी अस्पताल तिलगंगा आँखा प्रतिष्ठानलाई प्रदान गर्नेछन्। उनले यो अभियानको लागि चार वर्षको अवधिमा ४० हजार किलोमिटर पैदल यात्रा  गर्ने निर्णय गरेका हुन। उनले पहिलो यात्रा सन् २०२३ फेबे्रअरीमा अष्ट्रेलियाको अपेरा हाउस मार्फत सुरु गरेका छन्। नेपाल हुने पैदल यात्रा मार्फत संकलन हुने सहयोगले नेपालका दृष्टिबिहिनको आँखा पुनर्स्थापना सहयोग पुग्ने अपेक्षा लिएको अलेक्जयाण्डरले अस्पतालका बताएका थिए।

४० हजार यात्रा पुरा गर्ने लक्ष्य लिएका अलेक्ज्याण्डरले हालसम्म ८ हजार किलोमिटर कोलोराडो, १६ सय किलोमिटर गे«ट हिमालय र फिलिण्डर्स रेन्जवाट ३७ सय ५० किलोमिटर यात्रा पुरा गरिसकेका छन्। त्यसैगरी सिंहापुर, मलेसिया, थाइल्याण्ड, बङ्गलादेश, भारत हुँदै उनी नेपाल आइपुगेका हुन। यो अभियानको लागि उनले हालसम्म ३२ हजार डलर संकलन गरिसकेका छन्। उनले ४० हजार पैदल यात्राभित्र चार महाद्धिप र ३० वटा देशमा यात्रा गर्ने तय गरेका छन्।

विशेष गरी बढी दृष्टि बिहिन रहेको एसिया क्षेत्र पार गर्न पाउनु क्याम्बेलको अर्को रोचक पाटो रहेको छ। हाल विश्वमा ४३ करोड मानिस दृष्टि बिहिन रहेका छन्। उनले सहयोग संकलन गरी दिने फ«ेड हलोज फाउण्डेशनलाई प्रदान गर्छन् र सो फाउण्डेशनले तिलगंगा सहित विश्वभरिका अन्य आँखा अस्पतालहरूलाई सहयोग प्रदान गर्दै आएको छ।

प्रकाशित: २३ असार २०८१ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App