११ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

अनुमति नपाउँदा सुर्तिचुरोटको लत छुटाउने निकोटेक्स थेरापी अलपत्र

सरकारले खैनी–चुरोटको लत छुटाउन भनी सुरु गरेको ‘निकोटेक्स थेरापी’ कार्यक्रम एकवर्षदेखि अलपत्र परेको छ। सुरुमा नमूना कार्यक्रमको रुपमा सञ्चालन गरी अन्यत्र विस्तार गर्ने योजनासहित सुरु भएको यो कार्यक्रम प्रभावकारी भएर पनि निकोटेक्स अभावमा अलपत्र परेको हो।

विश्व स्वास्थ्य संगठनको अनुदानमा खैनी–चुरोटको लत छुटाउन ‘निकोटेकस थेरापी’ कार्यक्रम राजधानीका दुइ वटा अस्पतालमा सुरु भएको थियो। गत वर्ष दर्ता भएका सेवाग्राहीले पूरा डोज नपाउँदै सकिएपछि कार्यक्रम अलपत्र परेको हो।

राजधानीको वीर र भक्तपुर क्यान्सर अस्पतालले यो कार्यक्रम सुरु गरेका थिए। सरकारले थप मात्रा दिन नसकेपछि अस्पतालहरुले आएका विरामीलाई पछि सूचना दिन्छौ भन्दै फिर्ता पठाएका थिए। ‘पछिसम्म सेवाग्राही निकोटेक्स खोेज्दै आए हामीले केही विकल्प दिन सकेनौ,’ भक्तपुर क्यान्सर अस्पतालका डा.रोशन प्रजापतिले भने । उनको अनुसार यो कार्यक्रम लत लागेका प्रयोगकर्ताबीच अत्यन्त प्रभावकारी बनेको थियोे।

उनीहरुले निःशुल्करुपमा माग गरेकोमा अस्पतालले निःशुल्क दिन नसकेको र बजारमा पनि उपलब्ध नभएकोले कार्यक्रम नै स्थगित गर्नु परेको डा. प्रजापतिले बताए । ‘यो कार्यक्रम निरन्तर हुन आवश्यक देखिन्छ तर हामीसंग विकल्प भएन ’उनले भने । कार्यक्रम स्थगित भएको एकवर्षसम्म न सरकारले थप्यो न विश्वस्वास्थ्य संगठनले।

निकोेटेक्स गालामा च्यापेर प्रयोग गर्ने चुइँगम हो । यसको प्रयोगले खैनी चुरोेटको लत लागेका व्यक्तिहरुलाई सिफारिस गरिन्छ। लतको तह हेरी तीनदेखि बाह्र हप्तासम्म निकोेटेक्सकोे प्रयोग गरेमा लत छुटाउन सकिन्छ। यो चुइँगम चिकित्सकको परामर्शमा मात्र लिन मिल्छ । दुवै निकायले अनुदान दिन नसकेपछि अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न सकेनन।

‘बजारमा यो औषधी पाइँदैन, सरकारले अनुदाननमा पनि पठाएनन त्यसपछि कार्यक्रम नै अलपत्र पर्‍ यो’ वीर अस्पताल अन्कोलोेजी विभागका प्रमुख डा.विवेक आचार्यले भने। खैैनी–चुरोटको लत छोड्न चाहानेहरु अस्पताल आइहालेपनि सिफारिश गर्ने आधार समेत नभएको चिकित्सकहरु बताउँछन।

 चिकित्सकको अनुसार औषधि व्यवस्था विभागले अनुमति नदिएसम्म निकोटेक्स उत्पादक तथा वितरक कम्पनीले बजारमा बिक्री वितरण गर्न पाउँदैनन। अनुमति माग गरेका कम्पनीले अहिलेसम्म अनुमति पाइसकेका छैनन्। अनुमितका लागि कम्पनीहरुले लामो समयदेखि औषधि व्यवस्था विभागमा धाएपनि विभागले समयमै अनुमित दिन नसकेको चिकित्सकहरु बताउँछन्।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार उत्पादन कम्पनीले उत्पादनको बिधि प्रक्रिया पूरा गरेर अनुमति माग्न आएपछि विभाग अव अनुमित दिने तयारीमा रहेको बताए। ढकालका अनुसार अहिले एक मात्र ‘निकोटेक’ नामक भारतीय कम्पनी अनुमतिको लागि दर्ता भएको छ।

‘यो कम्पनी अनुमित पाउने प्रक्रियामा छ’ उनले भने । स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सूचना अधिकारी भक्तबहादुर केसीले गत वर्ष विश्व स्वास्थ्य संगठनले नेपालमा निकोटेक्सको प्रभावकारिता अध्ययनको लागि सीमित मात्रामा अनुदान दिएको र त्यसको प्रतिवेदन समेत बुझाइसकेकोले यो कार्यक्रम नमूना कार्यक्रममै सीमित बनेको हो। तर लत लागेकाहरुको माग र आवश्यकता अनुसार निकोटेक्स बजारमा उपलब्ध होस भनी अनुमति दिनको लागि औषधी व्यवस्था बिभागलाई निर्देशन समेत दिइसकेको बताए।

 खैनी–चुरोेट प्र्रयोग गर्दा लाग्ने खर्च भन्दा निकोटेक्स किनेर छोेड्दा लाग्ने खर्च कम हुने भएको र लत छोड्नेहरुकोे संंख्या पनि कम भएकोले सरकारले अनुदान दिन नसकेको बताए। ‘चुरोट खैनी छोड्न चाहानेले आफै किनेर खान सक्ने भएकोले निकोटेक्स सरकारले अनुदानमा राखेन’ डा. केसीले भने। निकोटेक्स सरकारले सिधै अनुदानमा नदिएपनि आयात तथा उत्पादक कम्पनीको लागि अनुमति दिएर बजारमा उपलब्ध गराउने कार्यमा बिभागले ढिलाइ गरेको केसी बताए।

अबैध रुपमा निकोटेक्स आयात भएको हुन सक्ने तर खुल्ला रुपमा आायत नभइसकेकोले स्वास्थ्य मन्त्रालयमार्फत् निकोटेक्स आयातको अनुमित दिन निर्देशन समेत भइसकेको डा. केसीले बताए।

प्रकाशित: २ असार २०८१ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App